हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबार मा मंगलबार आयोजित अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले गरेका छन्।
यसअघि पार्टी सभापति रवि लामिछाने ले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भए पनि उनी उपस्थित हुन नसकेपछि बुर्लाकोटीले उद्घाटन गरेका हुन्।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले प्रदेश संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। रास्वपाका अनुसार बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब एक हजार पाँच सय प्रतिनिधि अधिवेशनमा सहभागी छन्।
रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा। अच्युतम लामिछाने का अनुसार प्रदेशका एक हजार १२१ वडामध्ये करिब ९ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ। साथै, प्रदेशका ११९ वटै स्थानीय तहमा पार्टीको संगठन विस्तार भइसकेको उनले बताए।
पार्टी विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन गरिनेछ। समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष तथा प्रवक्ता रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य रहने प्रावधान छ।
निर्वाचन आवश्यक परेमा दुई चरणमा मतदान गरिनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिने व्यवस्था रहेको छ।
रास्वपाले बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। भने सिन्धुपाल्चोक जिल्लाको अधिवेशन हाल स्थगित छ। जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिले प्रदेश नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १४:४०
काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...
श्रावण ३ गते, २०८३ - १३:४१
जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...
श्रावण २ गते, २०८३ - १६:४३
लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...
श्रावण २ गते, २०८३ - १६:३२
काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...



प्रतिकृया लेख्नुहोस्: