Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी रहेको छ।

विपक्षी दलहरूले उठाएका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै आगामी रणनीति तय गर्न बैठक आयोजना गरिएको कांग्रेसले जनाएको छ।

विपक्षी दलहरूको मुख्य माग प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई माफी माग्नुपर्ने रहेको छ।

तर प्रधानमन्त्री विपक्षी दलको मागअनुसार सदनमा उपस्थित हुन तयार नरहेको जनाइएको छ। यसअघि रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलहरूसँग संवादमार्फत सहमति खोज्ने प्रयास गरे पनि त्यसबाट कुनै निष्कर्ष निस्कन सकेको छैन।

यसैबीच, सभामुखले प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

कांग्रेसको आह्वानमा बसेको बैठकमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल तथा प्रमुख सचेतक ऐन महर सहभागी छन्।

त्यसैगरी, नेकपाका वर्षमान पुन, राप्रपाकी खुश्बु ओलीलगायत विभिन्न विपक्षी दलका नेताहरूको पनि बैठकमा सहभागिता रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिने

बुटवल। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। सर...

डा. गोविन्द केसीका मागबारे सरकारसँग धनगढीमा वार्ता सुरु

धनगढी। डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र केसी पक्षबीच धनगढीमा वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालयको पहलमा गठन गरिएको वार्ता टोली...

प्रश्नपत्र प्रकरण: दुई दिनभित्र छानबिन गरी दोषीलाई कारबाही गर्न स्ववियुको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले दुई दिनभित्र निष्पक्ष छान...

कोशीको मुख्यमन्त्री बन्ने निश्चित नहुँदै तिलकुमार मेन्याङ्बोलाई बधाईको ओइरो

काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो...

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण: दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक...

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाबारे त्रिविले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। त्रिभु...

हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...

भारत भ्रमणमा जान लागेका गगन थापाको कार्यक्रम स्थगित

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...

बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी  ६० ले बढेको हो । नेपाल सुनचाँदी व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending