मुस्ताङ। मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका बन्यजन्तुले बस्तीमा छिरेर घरपालुवा जनावरमा क्षति पुर्याउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जिल्लाको पाँचवटै स्थानीय तहमा स्थलगत अध्ययन सुरू गरेको हो ।
विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका लागि क्यामेरा जडान गरी सर्वेक्षण गरिरहेको एक्यापले स्थानीय समुदायसँगको सहकार्यमा ‘मानव–वन्यजन्तु सहअस्तित्व’ कार्यक्रमअन्तर्गत बासस्थानमै पुगेर सर्वेक्षण भइरहेको एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलले बताए।
प्रमुख पौडेलले भने, ‘‘आहारा प्रजातिको संख्या र अवस्था हेर्न सर्वेक्षणमा जुटेका छौं, सर्वेक्षणको क्रममा विभिन्न विधिको प्रयोग गरिएको छ ।’’ सर्वेक्षणमा एक्यापका कर्मचारी, स्थानीय संरक्षण ब्यवस्थापन समिति, गोठालाको समेत प्रयोग गरिएको पौडेलको भनाइ छ ।
आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षणका लागि प्राकृतिक सिमाका आधारमा इलाका कार्यालय लोमन्थाङ अन्तर्गत लोमान्थाङ, सुर्खाङ, छुसाङ ब्लक रहेको छ भने इलाका कार्यालय जोमसोम अन्तर्गत जोमसोम र साङ्ता क्षेत्र तोकिएको छ । सर्वेक्षणको क्रममा मांसाहारी अर्थात सिकारी प्र्रजातिका जनावरलाई पर्याप्त आहाराको अवस्था, आहारा प्रजातिको मुख्य बासस्थान अर्थात ‘कोर एरिया’ आसपासमा हुने गरेका मानवीय कमजोरीलाई समेत न्यूनीकरणमा सघाउने एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताए।
सर्वेक्षणमा चरन क्षेत्रमा देखिएको समस्या समाधानसहितको थप कार्ययोजना समेत तयार गरिने बताइएको छ । एक्पापले बर्षेनी बन्यजन्तुले पुर्याएको हानी नोक्सानीबापत स्थानीयलाई क्षर्तिपूर्ति दिने गरेको छ । एक्यापले जिल्लाभर एक सयभन्दा बढी क्यामेरा जडान गरी हिउँ चितुवाको ट्राभल हिस्ट्र«ीसहितको विवरणहरू संकलन गर्ने गरेको छ ।
हिउँ चितुवाले नाउर, फ्याउ मुसा, हिमाली खरायो लगायतका बन्यजन्तुको सिकार गर्छ । लजालु स्वाभाव हिउँचितुवाको अग्लो उचाइँमा मुख्य बासस्थान मानिने भएकाले सर्वेक्षण टोली समुद्री सतहको ३५ सय मिटरदेखि ५७ सय मिटरसम्मको उचाइँमा पुग्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...
आषाढ़ ६ गते, २०८३ - १४:४७
बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् । नहरमा पानी ल्याउनका ल...
आषाढ़ ६ गते, २०८३ - १४:३३
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् । बागमत...
आषाढ़ ६ गते, २०८३ - १४:०९
न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको मा...
आषाढ़ ६ गते, २०८३ - १३:५५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...
आषाढ़ ६ गते, २०८३ - १३:२८
काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...
आषाढ़ ६ गते, २०८३ - १३:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...
आषाढ़ ६ गते, २०८३ - १२:५३
काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...



प्रतिकृया लेख्नुहोस्: