काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल गठन गरी काम अघि बढाइसकिएको जानकारी दिए ।
उनका अनुसार प्रारूप कार्यान्वयनमा आएपछि बदलिँदो सन्दर्भअनुसार विद्यालय शिक्षामा सुधार आउने सरकारको विश्वास छ ।
मन्त्री पोखरेलले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयलाई भौगोलिक दूरी र अन्य आधारमा गाभ्ने वा तह घटाउनेजस्ता विषय आगामी आर्थिक वर्षका लागि प्रस्तावित विद्यालय नक्सांकन तथा पुनर्संरचनामार्फत अघि बढाइने बताए । तर न्यून विद्यार्थी भएकै आधारमा विद्यालय गाभेर एक जना विद्यार्थीको पनि शिक्षा पाउने अधिकार कुण्ठित नहुने उनले स्पष्ट पारे ।
उनले आगामी वर्ष सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारलगायत सम्पूर्ण पक्षको विस्तृत सर्वेक्षण गरी प्रतिवेदन तयार पारिने र सोही आधारमा पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन गरिने जानकारी दिए ।
त्यसैगरी विद्यालय शिक्षासम्बन्धी नयाँ ऐन तथा नियमावलीमार्फत शिक्षक–विद्यार्थी अनुपातको मापदण्ड तय गरिने पनि उनले बताए ।
मन्त्री पोखरेलका अनुसार विगतमा आवश्यकताअनुसार शिक्षक तथा कर्मचारी दरबन्दी व्यवस्थापन नगरी तत्काल समस्या समाधानका लागि मात्र निर्णय हुने अभ्यासका कारण अहिले समस्या देखिएको हो ।
उनले एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त खेलाडीहरूलाई नेपाल सरकारले मासिक रूपमा आजीवन भत्ताको व्यवस्था गरिएको समेत जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...



प्रतिकृया लेख्नुहोस्: