Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

भौतिक मन्त्रालयले १० खर्ब बराबरका आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजादै

खबरडबली संवाददाता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजना एकैपटक टेन्डर प्रक्रियामा लैजाने तयारी गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि आगामी तीन वर्षका लागि आवश्यक पूर्वाधार आयोजनाहरूको ठेक्का एकैपटक आह्वान गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार ठेक्का प्रक्रिया हाल कायम दररेटका आधारमा अघि बढाइनेछ भने निर्माण सामग्री तथा लागतमा हुने मूल्यवृद्धिलाई स्वत: समायोजन गर्ने व्यवस्था मिलाइनेछ ।

मन्त्री लम्सालले चालु आर्थिक वर्षको पहिलो छ महिनासम्म टेन्डर प्रक्रियामै समय खर्च हुने भएकाले बजेट कार्यान्वयनको गति प्रारम्भिक चरणमा सुस्त देखिन सक्ने स्वीकार गरे ।

तर, तीन वर्षका लागि आवश्यक ठेक्का एकैपटक आह्वान गर्दा परम्परागत रूपमा २० देखि २२ महिनासम्म लाग्ने प्रक्रिया घटेर ६ देखि ७ महिनामै सम्पन्न गर्न सकिने उनको दाबी छ ।

उनका अनुसार यस्तो व्यवस्थाले समयको उल्लेखनीय बचत हुनुका साथै आयोजना कार्यान्वयनलाई तीव्रता दिने र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने विश्वास सरकारले लिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा भिरबाट लडेर ४५ वर्षीय थिङको मृत्यु

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...

सांसदका स्वकीय सचिव नियुक्तिको निर्णयविरुद्ध जेनजी नागरिक अभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...

स्वास्थ्य अवस्था जटिल बनेपछि डा केसी सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending