Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

खबरडबली संवाददाता

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तजनले उपवास बसेर श्रीहरिको पूजा–आराधना गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार निर्जला एकादशीमा पानीसमेत त्याग गरी व्रत बस्ने, पवित्र नदी वा तीर्थस्थलमा स्नान गर्ने तथा जल, अन्न, वस्त्र, छाता, आसनलगायत दान गर्ने चलन छ। विशेषगरी आज जल वा शर्बतले भरिएको घडा दान गर्दा भगवान् विष्णुको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

यसै दिन तुलसीको दल (बिरुवा) राख्ने परम्परा पनि छ। आज राखिएको तुलसीको दल आगामी हरिशयनी एकादशीमा तुलसीको मठमा रोपिन्छ र हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग तुलसी विवाह गरिने धार्मिक परम्परा रहेको छ।

शास्त्रमा वर्णन भएअनुसार अन्य एकादशीमा व्रत बस्न नसक्ने व्यक्तिले पनि निर्जला एकादशीको व्रत गरे वर्षभरिका एकादशीको पुण्य प्राप्त हुने विश्वास छ। भगवान् विष्णुको पूजा, हरिनाम संकीर्तन, विष्णु सहस्रनाम पाठ तथा रात्रि जागरणलाई पनि विशेष फलदायी मानिएको छ।

तुलसी दल राख्ने विधि
बिहान स्नान गरी पूजा स्थल शुद्ध गर्ने।
भगवान् विष्णु, नारायण, श्रीकृष्ण वा शालिग्रामको पूजा गर्ने।
श्रद्धापूर्वक तुलसीको दल सङ्कलन गर्ने।
“ॐ नमो नारायणाय” वा “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्दै तुलसी अर्पण गर्ने।
विष्णु सहस्रनाम वा हरिनाम संकीर्तन गर्ने।
पूजा सम्पन्न भएपछि तुलसी प्रसाद ग्रहण गर्ने।
धार्मिक महत्व

तुलसीलाई देवीस्वरूप मानिने भएकाले एकादशीका दिन भगवान् विष्णुलाई तुलसी अर्पण गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ। निर्जला एकादशीको व्रतले पाप क्षय, मनोकामना सिद्धि तथा आध्यात्मिक उन्नति हुने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending