काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्रियंका कार्कीको सहकार्यमा सार्वजनिक भएको उक्त गीतमा प्रयोग भएका केही द्विअर्थी शब्द र प्रस्तुति शैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो।
चलचित्र ‘मास्टर्नी’को प्रचार अभियानअन्तर्गत सार्वजनिक गरिएको यो गीत दुर्गेश थापाले तयार गरेका हुन्। गीतमा दुर्गेशकै शब्द, संगीत र स्वर रहेको छ भने गायिका बबिना किरातीले स्वरमा साथ दिएकी छन्। निर्माण पक्षका अनुसार यो गीत चलचित्रभित्र समावेश नभई प्रचार सामग्रीका रूपमा मात्र प्रयोग गरिनेछ।
गीत सार्वजनिक भएपछि शिक्षिका अर्थात् ‘मास्टर्नी’ जस्तो सम्मानित पेशालाई केन्द्रमा राखेर बनाइएको चलचित्रको प्रचार गीतमा प्रयोग भएका शब्द र दृश्यले पेशागत मर्यादामाथि प्रश्न उठाएको भन्दै केही दर्शकले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतको विषयवस्तु र प्रस्तुतिबीच तालमेल नभएको टिप्पणी गरेका छन्।
केहीले यसलाई मनोरञ्जनको शैलीका रूपमा लिएका छन् भने केहीले गीतमा रहेको द्विअर्थीपनले गलत सन्देश दिन सक्ने बताएका छन्। विवाद बढेपछि गीतको उद्देश्य र प्रस्तुतीकरणबारे बहस चर्किएको छ।
गायक दुर्गेश थापाले भने गीतको बचाउ गर्दै श्रोताको बुझाइअनुसार अर्थ फरक पर्न सक्ने प्रतिक्रिया दिएका छन्। उनले गीतलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन्।
यसैबीच, चलचित्र ‘मास्टर्नी’को प्रचारमा उक्त गीत प्रयोग भए पनि चलचित्रको कथाभित्र भने समावेश नरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, आर्यन सिग्देललगायत कलाकारको अभिनय रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: