Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

सचिवहरूको बैठकका २२ निर्णय: मालपोत–नापीमा ‘एकद्वार सेवा’, सार्वजनिक बिदा पुनरावलोकनदेखि नयाँ दरबन्दीमा रोकसम्म

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित २२ बुँदे निर्णय गरेको छ। मुख्य सचिव गोविन्दबहादुर कार्कीको नियुक्तिपछि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको पहिलो सचिव बैठकले प्रशासन सुधारका विभिन्न निर्णय सार्वजनिक गरेको हो।

बैठकले सार्वजनिक बिदाको पुनरावलोकन गर्ने, सेवा प्रवाहमा सुधार ल्याउने तथा मालपोत, नापी, यातायात, श्रम, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयजस्ता बढी सेवाग्राहीको चाप हुने कार्यालयमा ‘एकद्वार सेवा’ प्रणाली लागू गर्ने निर्णय गरेको छ। यसमार्फत बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै सेवालाई सहज र पारदर्शी बनाउने लक्ष्य राखिएको छ।

अनलाइन वा लिखित आवेदन दिन नसक्ने सेवाग्राहीलाई सहजीकरण गर्न सम्बन्धित कार्यालयमा छुट्टै कर्मचारी खटाइने निर्णय पनि गरिएको छ। यस्तै, सरकारी सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमिततामाथि राष्ट्रिय सतर्कता केन्द्रले नियमित निगरानी गर्ने तथा दोषी देखिएका कर्मचारी वा पदाधिकारीविरुद्ध कानुनअनुसार कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था गरिने भएको छ।

बैठकले सबै मन्त्रालय तथा सेवा प्रदायक निकायमा वेबसाइट र मोबाइल एपमा आधारित एकीकृत नागरिक गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तथा प्राप्त गुनासाहरूलाई तोकिएको समयभित्र सम्बोधन गर्ने निर्णय पनि गरेको छ।

मालपोत र नापीसम्बन्धी सेवा क्रमश: स्थानीय तहमार्फत सञ्चालन हुने गरी हस्तान्तरण प्रक्रियालाई तीव्रता दिने, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा कर्मचारीको आन्तरिक मिलान गर्ने तथा अतिरिक्त कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार परिचालन गर्ने निर्णय बैठकले गरेको छ।

चालु आर्थिक वर्षभर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सिर्जना नगर्ने, अस्थायी पदपूर्ति नगर्ने तथा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नपठाउने निर्णय पनि गरिएको छ।

सरुवा, बढुवा वा अवकाशका क्रममा कार्यालयको काम प्रभावित नहोस् भन्ने उद्देश्यले ‘संस्थागत स्मृति हस्तान्तरण’ प्रणालीलाई अनिवार्य बनाउने निर्णय गरिएको छ। यसले नयाँ जिम्मेवारी सम्हाल्ने कर्मचारीलाई कार्यसम्पादनमा सहजता पुग्ने सरकारको अपेक्षा छ।

बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे–लिस्ट’बाट बाहिर ल्याउने प्रक्रिया समयमै सम्पन्न गर्न उच्च प्राथमिकता दिने, तीनै तहका सरकारमा वित्तीय अनुशासन र मितव्ययिता कायम गर्ने, बेरुजु फर्छ्योटलाई तीव्रता दिने तथा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

यसबाहेक मनसुनजन्य विपद् र महामारी व्यवस्थापनका लागि सबै सरकारी निकायलाई उच्च तयारी अवस्थामा राख्ने, प्रभावित क्षेत्रमा राहत तथा प्राविधिक सहयोग तत्काल उपलब्ध गराउने र जनआन्दोलनका शहीद परिवार तथा घाइतेका लागि स्वीकृत एकीकृत सहायता प्याकेज शीघ्र कार्यान्वयनमा लैजाने निर्णय बैठकले गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

धनुषामा सयभन्दा बढी सवारीबाट हटाइयो कालो सिसा

ढल्केबर। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले कानुनविपरीत जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टिकर एक सयभन्दा बढी सवारीसाधनबाट हटाएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending