काठमाडौं । सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम तथा राजनीतिक वृत्तमा आफूलाई जोडेर सार्वजनिक भएका ‘चेक बाउन्स’ सम्बन्धी समाचारप्रति रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाउँदै आफू नै पीडित पक्ष रहेको स्पष्ट पारेकी छन्।
सोमबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत सांसद तामाङले आफूले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नभई, आफूले पाउनुपर्ने रकमको चेक अनादर (बाउन्स) भएको दाबी गरेकी हुन्।
उनले उक्त विषयमा सन् २०२४ मै सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै हाल फैलाइएका सूचनाले भ्रम सिर्जना गरेको बताएकी छन्।
तामाङका अनुसार सम्बन्धित व्यक्तिले आफूलाई तिर्नुपर्ने रकम नदिएपछि कानुनी प्रक्रियाअनुसार चेक अनादरसम्बन्धी कारबाही अघि बढाइएको हो। उनले बैंकिङ कानुनअनुसार चेक अनादरका मुद्दामा बैंकमा ४५ दिनको प्रतीक्षा अवधि पूरा भएपछि मात्र औपचारिक कानुनी प्रक्रिया अगाडि बढ्ने व्यवस्था रहेको पनि उल्लेख गरेकी छन्।
विज्ञप्तिमा सम्बन्धित पक्षले आर्थिक दायित्वबाट बच्न मिडिया ट्रायल गर्ने, विभिन्न निकायमा पुगेर आफूअनुकूल दाबी प्रस्तुत गर्ने प्रयास गरेको आरोपसमेत लगाएकी छन्। ती दाबीहरू तथ्यमा आधारित नरहेको उनको भनाइ छ।
तामाङले आफू र आफ्नो सचिवालयलाई लक्षित गर्दै फैलाइएका भ्रमपूर्ण समाचारप्रति विश्वास नगर्न तथा आधिकारिक तथ्यका आधारमा मात्र धारणा बनाउन सबैमा आग्रह गरेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १२:४८
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...
श्रावण ५ गते, २०८३ - १२:३५
ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...
श्रावण ५ गते, २०८३ - १२:०३
ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...
श्रावण ५ गते, २०८३ - ११:३४
फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...
श्रावण ५ गते, २०८३ - ११:२७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...
श्रावण ५ गते, २०८३ - ११:२०
गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...
श्रावण ५ गते, २०८३ - ११:१५
काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...
श्रावण ५ गते, २०८३ - ११:०३
लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...
श्रावण ५ गते, २०८३ - १०:४७
बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...
श्रावण ५ गते, २०८३ - १०:३६
ढल्केबर। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले कानुनविपरीत जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टिकर एक सयभन्दा बढी सवारीसाधनबाट हटाएको छ...



प्रतिकृया लेख्नुहोस्: