Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

खबरडबली संवाददाता

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । 

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार यस नाकाबाट ४९ अर्ब ९८ करोड ८४ लाख रुपियाँ बराबरको २२ करोड ५४ लाख ६५ हजार ४७० केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ ।

भन्सार कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार निर्याततर्फ भटमासको तेलपछि सिन्थेटिक यार्न र जुटजन्य सामग्रीको हिस्सा मुख्य रहेको छ ।

दोस्रो सूचीमा रहेको सिन्थेटिक यार्न ८ अर्ब २३ करोड रुपियाँको निर्यात भएको छ भने ७ अर्ब २६ करोड रुपियाँ बराबरको जुटको बुनिएका तयारी बस्तुहरु ९बोरा० निर्यात भएका छन् । 

यस्तै, २ अर्ब ७४ करोडको जुटको बोरा तथा झोला, २ अर्ब ५१ करोडको अन्य जुटको कपडा, १ अर्ब ६९ करोडको भेनीयर सीट, १ अर्ब ६६ करोडको प्रशोधित सूर्यमुखी तेल, १ अर्ब ४० करोडको स्पोर्टस जुत्ता, १ अर्ब २८ करोडको तामाको पाता र १ अर्ब एक करोड रुपियाँ बराबरको चाउचाउ तथा पास्ता निर्यात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । 

आयाततर्फ भने कच्चा पदार्थ र इन्धनको परिमाण उल्लेख्य रहेको छ । सबैभन्दा बढी राजस्व प्राप्त भएका वस्तुहरूमा कच्चा भटमासको तेल, पोलिथिन दाना, एलपी ग्यास, एचआर सिट र कपर वायर रहेका छन् । 

कच्चा भटमासको तेलको आयातबाट मात्रै वार्षिक २ अर्ब ६० करोड रुपियाँ राजस्व संकलन भएको छ । मूल्यका आधारमा असार महिनामा मात्रै ४ अर्ब ५२ करोड रुपियाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ ।

विराटनगर भन्सारले आर्थिक वर्ष २०८२/८३ का लागि ४१ अर्ब ३४ करोड ८० लाख रुपियाँ राजस्व लक्ष्य निर्धारण गरेकोमा ८५.५६ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कार्यालयले वर्षभरिमा ३५ अर्ब ३७ करोड ६७ लाख रुपियाँ राजस्व संकलन गरेको छ । 

असार महिनामा मात्रै ३ अर्ब ५९ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ८३.६४ प्रतिशत अर्थात् ३ अर्ब २ करोड ५७ लाख रुपियाँ असुली भएको जनाएको छ । यो वर्ष विराटनगर नाकाबाट हुने कुल व्यापारमा आयातको हिस्सा ठुलो भई विगतको जस्तै व्यापार घाटा उच्च नै रहेको छ । 

यहाँबाट वर्षभरिमा २ खर्ब ४१ अर्ब ६५ करोड ९९ लाख रुपियाँको आयात भएको छ भने निर्यात ८८ अर्ब ७२ करोड ८४ लाख रुपियाँको मात्रै भएको छ । यद्यपि गत वर्षको तुलनमा व्यापार घाटा भने घटेको छ । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यो वर्षको कारोबारमा केही सकारात्मक संकेतहरू देखिएका छन् । गत वर्ष २० अर्ब ९० करोडको आयात भएकोमा यस वर्ष १६ प्रतिशतले आयात बढेर २ खर्ब ४१ अर्ब पुगेको छ । 

निर्याततर्फ पनि गत वर्ष ७ अर्ब ३७ करोडको कारोबार भएकोमा यस वर्ष २० प्रतिशतले वृद्धि भई ८ अर्ब ८७ करोड पुगेको छ । समग्र व्यापारमा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतको वृद्धि देखिएको छ । तर, राजस्व असुलीको लक्ष्य भेटाउन भने कार्यालयलाई सकस परेको तथ्यांकले देखाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending