काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समारोहका क्रममा उनले हराएको शिलालेख खोजी गरी यथास्थानमा पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
२०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका थिए। त्यसबेला राखिएको ओलीको नाम अंकित शिलालेख पछि हटाइएको वा तोडफोड गरिएको भन्दै विभिन्न तहबाट आलोचना हुँदै आएको थियो।
सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेखको विषयलाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै त्यसलाई पुन:स्थापना गरिने बताए। साथै उनले अब नेपाल सुरुङमार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा राखे।
‘अब देशभर यस्ता सुरुङमार्ग निर्माण हुन्छन्। नागढुङ्गा सुरुङमार्गले हामीलाई धेरै अनुभव दिएको छ। नेपाल अब टनेल युगमा प्रवेश गरिसकेको छ,’ मन्त्री लम्सालले भने।
नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले अघि बढाएको थियो। त्यसपछि शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो। सुरुङमार्गको औपचारिक उद्घाटन भने वर्तमान सरकारले गरेको हो।
नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। यसअन्तर्गत मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर र सहायक सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: