काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर तत्काल सर्वदलीय संवाद र सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले वर्तमान परिस्थितिलाई संवेदनशील रूपमा लिनुपर्ने उल्लेख गर्दै सबै पक्षले संयमता अपनाएर सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्नुपर्ने आवश्यकता औंल्याए।
उनले विगतमा भूकम्प, बाढी–पहिरो जस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल राजनीतिक प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता र जिम्मेवारी आवश्यक रहेको बताए।
प्रचण्डले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा अपेक्षाअनुसार सक्रियता र प्रभावकारिता देखिन नसकेको टिप्पणी गरे। संसद्मा सरकारको प्रस्तुति पनि प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।
उनले कुनै पनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद, सहमति र राजनीतिक समझदारी नै समस्याको दिगो समाधानको आधार हुने बताए।
सुनसरी घटनाका विषयमा आफ्नो पार्टीले यसअघि नै आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिँदै उनले स्थानीय तहमा संयमता र सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आन्तरिक निर्देशनसमेत दिइएको बताए।
घटनास्थलमा स्थानीयसँगै बाहिरबाट वातावरण भड्काउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै सबै पक्षलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरे।
‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,’ भन्दै प्रचण्डले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने धारणा राखे।
उनले सरकार, राजनीतिक दल तथा सबै सरोकारवालालाई सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्न आह्वान गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १२:३६
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...
श्रावण १३ गते, २०८३ - १२:१०
पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...
श्रावण १३ गते, २०८३ - १२:०३
नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...
श्रावण १३ गते, २०८३ - ११:५३
ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवल...
श्रावण १३ गते, २०८३ - ११:३४
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...
श्रावण १३ गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...
श्रावण १३ गते, २०८३ - ११:०४
काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...
श्रावण १३ गते, २०८३ - १०:५६
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १...
श्रावण १३ गते, २०८३ - १०:५०
काठमाडौं । सुनसरीमा भएको घटनाप्रति साझा धारणा बनाउन प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामि...
श्रावण १३ गते, २०८३ - १०:३९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न स्थानमा देखिएको तनावलाई मध्यनज...



प्रतिकृया लेख्नुहोस्: