काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भने यस विषयमा कुनै औपचारिक निर्णय वा धारणा सार्वजनिक गरिएको छैन।
बैठकअघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र संयम कायम राख्न संयुक्त अपिल गरेको थियो। प्रधानमन्त्री बालेन शाहले मंगलबार राति सामाजिक सञ्जालमार्फत घटनाबारे धारणा सार्वजनिक गरे पनि मन्त्रिपरिषद्को निर्णयमा भने उक्त विषय समावेश भएको जानकारी दिइएन।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले नियमित निर्णय सार्वजनिक गरे। तर सुनसरी घटनाबारे कुनै जानकारी नदिएको भन्दै सञ्चारकर्मीले प्रश्न उठाएपछि उनले त्यसबारे प्रतिक्रिया नदिई कार्यक्रमबाट बाहिरिएका थिए। उनका सहयोगीले अन्य कार्यक्रम रहेको भन्दै पत्रकार सम्मेलन छोट्याएका थिए।
यद्यपि सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरी टोली परिचालन गरिसकेको छ। समितिले घटनाको कारण, जिम्मेवार पक्ष र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।
उता, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार, घाइते तथा स्थानीयले उचित क्षतिपूर्ति, दोषीमाथि कारबाही र मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेका छन्। तर मन्त्रिपरिषद् बैठकबाट ती मागका सम्बन्धमा कुनै निर्णय भएको वा सरकारले थप कदम चाल्नेबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...



प्रतिकृया लेख्नुहोस्: