Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

एकै दिन संसद्मा ९ विधेयक दर्ता, कानुन निर्माणलाई तीव्रता दिने सरकारको तयारी

खबरडबली संवाददाता

काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका हुन्।

दर्ता भएका विधेयकमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा पेस गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार केही विधेयक बिहीबार नै दर्ता भएका छन् भने बाँकी शुक्रबार दर्ता गरिएको हो।

प्रतिनिधिसभामा राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३, बालश्रम निषेध तथा नियमन विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ दर्ता भएका छन्।

यस्तै, राष्ट्रियसभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ र आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ दर्ता गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव दलबहादुर अधिकारीले संसद्लाई पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने र कानुन निर्माण प्रक्रियालाई गति दिने रणनीतिअनुसार विधेयकहरू एकैपटक दर्ता गरिएको बताए।

सरकारले चालु आर्थिक वर्षभित्र कुल १६६ वटा विधेयक संसद्मा दर्ता गर्ने लक्ष्य राखेको छ। मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयसँगको समन्वयमा थप विधेयकहरू पनि मस्यौदा चरणमा रहेका छन् र आगामी दिनमा क्रमश: संसद्मा दर्ता गरिनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशवादी दलका नेताहरूलाई प्रधानमन्त्री शाहले भने: मलाई सङ्घीयता विरोधी हो भनेर सपनामा पनि नसोच्नुहोस्

काठमाडौं । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनबाट पारित सङ्घीयतासम्बन्धी प्रस्...

मधेशको तनाव समाधानका लागि प्रधानमन्त्री शाहको पहल तीव्र, सांसदहरूसँग पनि छलफल सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्। मधेशमा पछिल्लो समय देखिएको तन...

प्रधानमन्त्रीसँगको छलफपछि महतोले भने : विगतका सरकारले जस्तो सम्झौतालाई रद्दीको टोकरीमा नफालिदिनुहोला

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा गम्भीर बन्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्। ...

रवि लामिछानेले गरे मुस्लिम र हिन्दू धार्मिक अगुवासँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनका बीच सामाजिक तथा धार्मिक सद्भाव...

स्मार्ट सेल प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ, सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...

धनुषामा तनाव कम गर्न सर्वदलीय बैठक बस्दै, सहमति जुटे सद्भाव र्‍याली निकालिने

जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...

जलेश्वर र गौशाला बन्द, सुरक्षा व्यवस्था कडा

महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...

एकै दिन संसद्मा ९ विधेयक दर्ता, कानुन निर्माणलाई तीव्रता दिने सरकारको तयारी

काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...

मधेशको तनावबारे प्रधानमन्त्रीले थाले मधेशकेन्द्रित दलका शीर्ष नेतासँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...

ब्रोड पिक हिमपहिरो अपडेट: ४ जनाको शव फेला

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending