काठमाडौं । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनबाट पारित सङ्घीयतासम्बन्धी प्रस्तावबारे प्रश्न उठाएका छन्।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले चितवन महाधिवेशनबाट सङ्घीयता विरोधी सन्देश जाने गरी प्रस्ताव पारित भएको विषय आफूले उठाएको जानकारी दिए।
महतोका अनुसार आफूले सङ्घीयताको विषय उठाएपछि प्रधानमन्त्री शाहले आफू सङ्घीयता विरोधी नरहेको स्पष्ट पारेका थिए। प्रधानमन्त्रीले सङ्घीयतालाई अझ बलियो बनाउने पक्षमा आफू रहेको जवाफ दिएको महतोले बताए।
महतोले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “मलाई सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोला। सङ्घीयतालाई बलियो बनाउने हो। महाधिवेशनबाट गलत सन्देश गएको छ, त्यसलाई सुधार्नुपर्छ। सङ्घीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त सङ्घीयता विरोधी हुने कुरै भएन।”
प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै प्रदेशहरूले प्राप्त अधिकार प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेको महतोले बताए।
“सङ्घीयतालाई बलियो बनाउन कहाँ–कहाँ कमी छ, त्यो सुधार गरिन्छ। प्राप्त अधिकार पनि प्रदेशहरूले प्रयोग गर्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महतोले भने।
महतोका अनुसार प्रधानमन्त्री शाहले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै आएको उदाहरण दिँदै सङ्घीय संरचनालाई प्रभावकारी बनाउने पक्षमा रहेको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...
श्रावण १५ गते, २०८३ - १४:५२
काठमाडौं । मधेश प्रदेशसहित विभिन्न जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च अधिकृतहरूलाई वि...
श्रावण १५ गते, २०८३ - १४:२३
काठमाडौँ। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपम...
श्रावण १५ गते, २०८३ - १४:१०
काठमाडौं । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनबाट पारित सङ्घीयतासम्बन्धी प्रस्...
श्रावण १५ गते, २०८३ - १४:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्। मधेशमा पछिल्लो समय देखिएको तन...



प्रतिकृया लेख्नुहोस्: