काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भेटवार्ता गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारका सुशासनसम्बन्धी पहलको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतासमक्ष जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रसँग जोडिएका विकास आयोजना, स्थानीय समस्या तथा सुदूरपश्चिम प्रदेशको समग्र राजनीतिक र सामाजिक अवस्थाबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।
छलफलका क्रममा गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक निर्माण, विद्युतीकरण विस्तार, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माणलगायत विषय उठाइएको थियो।
त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, हुलाकी सडक, भन्सारसम्बन्धी समस्या, आरक्षपीडितको समस्या, किसानका लागि धान खरिद–बिक्री व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
भेटमा सुदूरपश्चिमका सम्भावना, विकासका प्राथमिकता र प्रदेशका दीर्घकालीन योजनाबारे समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १६:११
काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...
श्रावण १९ गते, २०८३ - १६:०४
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...
श्रावण १९ गते, २०८३ - १५:५३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...
श्रावण १९ गते, २०८३ - १५:३४
गृहमन्त्री गुरुङ अस्पताल आएर घटनाबारे जानकारी नदिएसम्म शव नबुझ्ने अडान
श्रावण १९ गते, २०८३ - १५:१९
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण माग गरेको छ। कोशी प्र...
श्रावण १९ गते, २०८३ - १५:०८
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबा...
श्रावण १९ गते, २०८३ - १४:५४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...
श्रावण १९ गते, २०८३ - १४:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...
श्रावण १९ गते, २०८३ - १४:२९
महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...
श्रावण १९ गते, २०८३ - १४:०५
काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...



प्रतिकृया लेख्नुहोस्: