Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

अब एउटै इमर्जेन्सी नम्बर

\"\"काठमाडौं, ३० मंसिर । एकान्त स्थानमा सडक दुर्घटनामा परियो, सवारी साधन भने जलेको छ । यस्तो अवस्थामा कुन–कुन आकस्मिक सेवाका लागि फोन गर्ने गरी सम्झिनुपर्ने एम्बुलेन्स, दमकल र प्रहरी । यदि गम्भीर घाइते भइएको छ भने तीन–तीनवटा नम्बरमा फोन गरेर सेवा लिन सहज छ ? अवश्य पनि छैन । आजको कान्तिपुरमा खबर छ– तर, सरकारी योजना समयमै पूरा भए चाँडै नै यी तीनवटै सेवा एउटै नम्बरमा फोन गरी पाउन सकिनेछ । त्यत्ति मात्र होइन, आफैंले दुर्घटनास्थल बताउन नसके पनि ‘लोकेसन ट्रयाक’ हुनेछ र केही मिनेटमै उद्धार हुन सक्छ । सरकारले अघि बढाएको सबैखाले आकस्मिक सेवाका निस्शुल्क नम्बरलाई एकीकृत गर्ने प्रणाली अघि बढे बढीमा एक वर्षभित्र राजधानीवासीले यस्तो सुविधा पाउनेछन् । त्यसको एक वर्षपछि भने मुलुकभर यो सेवा पुग्नेछ । ‘हामीले यसका लागि धेरै तयारी र अध्ययन गरिसकेका छौं,’ आकस्मिक नम्बरहरूलाई एकीकृत गर्न प्राविधिक र परामर्श कार्य अघि बढाएको नेपाल दूरसञ्चार प्रधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘परामर्शपत्रसमेत तयार भइसकेको छ ।’ प्राधिकरणले सबैखाले आकस्मिक नम्बरलाई एकीकृत गरी एउटै नम्बरबाट यस्तो सेवा दिने परामर्शपत्रबारे बुधबारबाट सरोकारवाला र सर्वसाधारणको सुझाव संकलन सुरु गरेको छ । ‘४५ दिनसम्म सुझाव संकलन गरेर त्यसलाई समेटी सञ्चार मन्त्रालयमा पठाउँछौं,’ अर्यालले भने, ‘मन्त्रालयले अरू सरोकारवाला मन्त्रालयसँग छलफल गरी यसलाई अघि बढाउनेछ ।’ आकस्मिक सेवाका लागि गृह मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले गृहको समेत सहमति र सहकार्यमा सबै नम्बरलाई एकीकृत गर्ने काम अघि बढाइनेछ । प्राधिकरणले तयार पारेको परामर्शपत्रमा एम्बुलेन्स, प्रहरी, दमकल, बालबालिका र महिला हेल्पलाइन, विपत सहयोगलगायतका सबैखाले आकस्मिक सेवा एउटै नम्बरमा कल गर्दा प्राप्त गर्ने व्यवस्था मिलाउने उल्लेख छ । ‘आकस्मिक सेवाको एकीकृत नम्बरका रूपमा ११२ नम्बरलाई प्रस्ताव गरिएको छ,’ परामर्शपत्रमा भनिएको छ, ‘दोस्रो प्राथमिकतमा भने ११९ नम्बरलाई राख्नु उपयुक्त हुनेछ ।’ प्राधिकरणले धेरै मुलुकमा १११ र ११२ लाई आकस्मिक नम्बरका रूपमा राखिएकाले नेपालमा ११२ सुझाएको हो । हाल फ्रान्स, जर्मनी, इटाली स्पेन, टर्की, अस्ट्रिया, नर्वे, रोमानिया, बेल्जियम, फिनल्यान्ड, बुल्गेरिया, चेक रिपब्लिक, स्विडेनलगायतका मुलुकमा ११२ लाई एकीकृत आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ । अमेरिकामा र क्यानडामा भने ११९ लाई प्रयोग गरिएको छ । बेलायतले ९९९ र अस्ट्रेलियाले ० लाई एकीकृत आकस्मिक नम्बरका रूपमा प्रयोग गरिरहेको परामर्शपत्रमा उल्लेख छ । बेलायतमा ११२ लाई भने वैकल्पिक आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ । नेपालमा भने ११२ नम्बर हाल मोबाइलबाट आकस्मिक सेवा लिनलाई प्रयोगमा ल्याइएको छ । यो नम्बरमा डायल गर्दा प्रहरी र दमकलका लागि ‘यो नम्बरमा कल गर्नुहोला’ भन्ने सन्देश आउने गर्छ । नेपालमा हालसम्म तीनवटा नम्बर भएका र चारवटा नम्बर भएका गरी ३४ आकस्मिक सेवाका नम्बरहरू प्रचलनमा आइसकेका छन् । यसरी विभिन्न सेवाका लागि फरकफरक नम्बर प्रयोगमा आउँदा आकस्मिक सेवा चाहनेले तत्कालै सेवा पाउन नसक्ने र अलमलिने अवस्था हुने भएकाले एकीकृत प्रणाली विकास गर्नुपर्ने परामर्शपत्रमा सुझाव दिइएको छ । सरकारी निकाय र गैरसरकारी संस्थाले व्यवस्थापन गरिरहेका यस्ता आकस्मिक नम्बरहरू हाल देशभर पनि चल्दैनन् । नेपाल टेलिकमको नेटवर्कमा मात्र चल्ने यस्ता निस्शुल्क नम्बरमा कतिपय अवस्थामा अन्य कम्पनीको नेटवर्कबाट आएको कल नलाग्नेसमेत गरेको छ । आकस्मिक नम्बर एकीकृत भएपछि यस्तो समस्या आउने छैन । त्यति मात्र होइन, एसएमएस र मोबाइल एप्समार्फत समेत आकस्मिक नम्बरमा सन्देश पठाउन सकिनेछ । आकस्मिक नम्बरलाई एकीकृत गर्न परामर्शपत्रमा विभिन्न ५ खाले प्राविधिक प्रस्तावसमेत गरिएको छ । युरोपेली र अमेरिकी मुलुकहरूले अपनाएका यी प्रणालीमध्ये एकलाई छनोट गरी सरकारले लागु गर्न सक्नेछ । जीएसएम मोबाइल धेरै चल्ने प्रविधि भएकाले ११२ नम्बर यसका लागि उपयुक्त भएकाले सिफारिस गरिएको परामर्शपत्रमा उल्लेख छ । यो नम्बरमा भने फोन लक भएको बेलामा समेत कल गर्न सकिन्छ । ११२ नम्बरलाई छुट्टै एकीकृत नम्बरका रूपमा विकास गरिए पनि प्रहरीका लागि १००, १०१ र १०२ नम्बर भने रहिरहनेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies