Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सरकार स्थानीय तहको निर्वाचन गर्न केन्द्रित

\"\"बैतडी, २ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताएका छन् । सात नं प्रदेशअन्तर्गत बैतडीको सिद्धेश्वर गाविसलाई शुक्रबार बालमैत्री गाविस घोषित गर्दै उनले संविधानमा व्यवस्था भएअनुसारका तीन तहको निर्वाचन गर्न सरकार तयार रहेको बताए । बस्ती विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले धर्मुस सुन्तली फाउन्डेसनले अघि सारेको एकीकृत बस्ती विकासका अवधारणालाई सहयोग गर्न सरकार तयार रहेका बताए । उनले सबै गाविस, नगरपालिका, प्रदेश र सिङ्गो मुलुकलाई नै बालमैत्री बनाउन सरकार प्रयत्नशील रहेको पनि बताए । मन्त्री पाण्डेले बालमैत्री सूचक पूरा गर्ने गाविसलाई सरकारबाट प्राप्त हुने बजेटमा केही पुँजीगत बजेट थप गरिने आश्वासन दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रथाजन्य कुसंस्कार र भौतिक पूर्वाधारका अभावमा बालमैत्री गाविस घोषणा गर्न नसकिएको बताएका थिए । सिद्धेश्वर पहिलो बालमैत्री गाविस बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ ले तय गरेका ३९ सूचक पूरा गरिसकेपछि सिद्धेश्वरलाई बालमैत्री गाविस घोषणाका लागि सिफारिस गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह विष्टले जानकारी दिए । बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासँग सम्बन्धित २७ र संस्थागत १२ सूचक पूरा गरेपछि मात्रै स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न सकिने रणनीतिमा उल्लेख छ । आमाको गर्भमा रहेदेखि १८ वर्षका अवधिसम्म बालबालिकाले पाउनुपर्ने अधिकार प्राप्त हुनुपर्ने जनाउँदै बालमैत्री स्थानीय शासनको अवधारणा अघि आएको हो । यसअघि नवलपरासीको प्रगतिनगर देशकै पहिलो र प्युठानको भिङ्री दोस्रो बालमैत्री गाविस घोषित भएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending