Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

देशै मेरो सम्पत्ति : प्रचण्ड

\"\"चितवन, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाममा सम्पत्ति नरहेको बताएका छन् । हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको बारेमा बताउँदै उनले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको स्पष्ट पारे । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भनेर हल्ला चलाइने गरेको बताए । भर्खरै उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने “जहाँ जे बनेपनि अब सबै नेपाल नै मेरो हो ।” पुरानो संरचनामा निर्वाचन सम्भव छैन प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग स्थानीय निकायको निर्वाचन नयाँ संरचना निर्माण गरेर मात्रै गरिने बताए । उनले पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नरहेको प्रस्ट पारे । पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ संरचना अनुसार नै चुनाव गर्नुपर्छ भन्ने सरकारको स्पष्ट धारणा हो ।” उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूका बीचमा निर्वाचनबारे छलफल भएको बताउँदै कुन तहको निर्वाचन गर्ने भन्ने विषयमा भने टुङ्गो नलागेको बताए । देउवा र ओलीले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्ने बताएको भन्दै उनले आफूले त्यत्रो मेहेनत परिसकेकाले नयाँ संरचना अनुसार नै निर्वाचन गर्नुपर्छ भनेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाएसम्म निर्वाचनमा जान सम्भव नरहेको बताए । उनले भने, “संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ ।” प्रचण्डले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको जानकारी दिए । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उनले पुस ४ गतेको बैठकमा टेबुल हुने बताए । उनले भने। “संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।” त्यसपछि मधेसवादी दल पनि सहमतिमा आउने उनले बताए । सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy