माधव नेपालको प्रश्न : अन्तै जन्मिएकाहरूको माग कसरी मधेसको हुन्छ ?
पौष २१ गते, २०७३ बिहिवार 5th January, 2017 Thu०८:०८:२४ मा प्रकाशित
काठमाडौं, २१ पुस ।एमाले नेता माधवकुमार नेपालले मधेसको नाम जोडेर राष्ट्रलाई विखण्डनतिर लैजाने नाजायज माग स्वीकार गरेर सरकारले गम्भीर त्रुटि गरेको बताएका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा नेता नेपालले बाबु–बाजेको जन्म पहिचान नै नभएकाहरूले उठाएको मागसमेत स्विकारेर सरकारले गल्ती गरिरहेको दाबीसमेत गरे ।
अन्तै जन्मिएकाले गर्ने कुरा कसरी मधेसको हुन्छ ?
हामी कतिपयमा अहिले एउटा बुझाइएको कमजोरी देखिन्छ । फलानो मान्छेले भन्यो भन्दैमा सिंगै मधेसको माग भनेर बुझ्ने । मधेसको धर्तीपूत्र माधव नेपालले भनेको मधेसका कुरा नहुने, जसको जन्मै नेपालमा भएन, बाबु–बाजेको जन्म कहाँ भयो, पहिचान खुल्दैन उसले जे भन्यो त्योचाहिँ मधेसको कुरा (माग) हुने ?
प्रचण्डको कमजोरी देउवाले सच्याउनुपर्छ
तपाईं (शेरबहादुर देउवा)ले झमेलाको भूमिका खेल्ने होइन, तपाईं त धेरैपटक प्रधानमन्त्री भइसकेको, धेरैपटक देश–विदेश भ्रमण गरेको परिपक्व व्यक्तित्व हो । चुनौती कसरी सामना गर्ने सबै थाहा छ । कम अनुभवी प्रचण्डले कमजोरी गरे भन्दैमा तमासा मात्रै हेरिरहने होइन । प्रचण्डले कुनै त्रासमा, कसैको दबाबमा त्यस्ता गलत काम गर्न खोज्नुभएको होला । तर, तपाईंले ढाडस दिने, सहयोग गर्ने काम गर्नुस् । कसैले मिलेर जाऊँ भनेर एउटा हात दिन्छ भने एमाले अर्को हात दिन तयार छ । हामी नेपालको आन्तरिक मामिला आफैँ हल गर्नुपर्छ भन्ने पक्षमा छौँ ।
चुनावमा कांग्रेस–माओवादीको पत्तासाफ
५ नम्बर प्रदेशले के चाहन्छ भन्ने कुरा लाखौँ जनता सडकमा उत्रेर लगाएको नारा र ऐक्यबद्धताले प्रस्ट गरिसक्यो । तैपनि चेत्दैनन्, जनताको भावना बुझ्दैनन् भने कांग्रेस र माओवादी केन्द्र आउँदो निर्वाचनमा पत्तासाफ हुनेछन् । मोरङ–सुनसरीदेखि पर्सासम्मका जनताको चाहना र भावना सीमांकन परिवर्तन होइन, चुनाव र विकास हो । त्यसका लागि एमाले लाग्नेछ ।
सर्वोच्चले देशलाई दुर्घटनाबाट जोगायो
एमालेले प्रदेशसभाको सहमतिविना सीमांकन हेरफेर असंवैधानिक हुने भनेर लिएको अडानलाई अदालतको फैसलाले सही पुष्टि गरेको छ, हामी त्यसको स्वागत गर्छौं । फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ, चक्रव्यूहबाट देश जोगिएको छ । ५ नम्बर प्रदेश विभाजन गर्ने सुरुवाती कदम थियो । सिंगै तराई अलग नगरेसम्म चुप लाग्दैनौँ भनिरहेका वेला अदालतको फैसलाले सीमांकन हेरफेर अहिलेलाई रोकिएको छ ।
जातीय, धार्मिक मामिला संवेदनशील
भारतको सर्वोच्च अदालतले जात र धर्मका नाममा राजनीतिक दलहरूले मत माग्न नपाउने गरी फैसला गर्यो । तर, हाम्रोमा राष्ट्रिय एकता बलियो बनाउने होइन, दूरी बढाउने काम भइरहेको छ । देश टुक्र्याउने, विखण्डन गर्ने धम्की दिइँदासमेत नियन्त्रण गर्ने, सजाय दिने काम हुँदैन । यस्तो विडम्बना मुलुकले भोगिरहेको छ । जातीय, धार्मिक विषयमा बोल्दा, व्यवहार गर्दा होस् पु¥याउनुपर्छ । यी सबै मामिलामा संसारका धेरै मुलुक सतर्क देखिन थालेका छन्, हाम्रो सर्वोच्च अदालतले पनि त्यतातिर नजर पु¥याइरहेको होला भन्ने ठानेको छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: