Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नक्कली जग्गाधनी बनी दुई करोड ठगी गर्ने पक्राउ

\"\"चितवन, २९ पुस । नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी दुई करोड रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको हो । चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार नक्कली जग्गाधनी बनेर कीर्ते गर्ने मध्येका मुख्य व्यक्ति काभ्रेपलाञ्चोक मेथिनकोट गाविस–५ बस्ने ६४ वर्षीय चिरञ्जीवी भुर्तेल र कीर्तेमा संलग्न महोत्तरी डामीमोडेका ३५ वर्षीय अशोककुमार साहलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । भुर्तेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र शाहको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले विहिबार एक सूचना जारी गरी जनाएको छ । उनीहरुलाई मुलुकी ऐन कीर्ते कागजको महल र ठगीको महलअन्तर्गत मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुले काठमाडौँका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कट्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुङ स्थायी घर भई हाल ललितपुर बस्ने मेरसिँह घर्तीको नाउँमा राजीनामा पास गरेका थिए । उक्त जग्गा ज्योति विकास बैंक काठमाडौँ कलङ्कीमा धितो २०७२ साल माघ १३ गते नै धितो राखी दुई करोड रुपैयाँ निकालेका थिए । सक्कली कमल बस्नेतले सो कुरा थाहा पाई २०७२ साल चैत २ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । तत्कालै खोजीका क्रममा संलग्न देखिएका मेरसिँह घर्ती, काठमाडौँ टोखाका ४० वर्षीया दुर्गा केसी, काठमाडौँ वानेश्वरका बिमला थापा र सुर्खेत वीरेन्द्रनगरका रमेश गिरीलाई पक्राउ गरी कीर्ते मुद्दा लगाइएको थियो । अदालत पेस गर्दा मेरसिँह घर्ती पुर्पक्षका लागि थुनामा पठाइएको तथा बिमला थापा र दुर्गा केसीलाई जनही दुई करोड रुपैयाँ तथा रमेश गिरीलाई एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending