Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सीमा सुरक्षा पोस्ट स्थापना गर्न माग

\"\"भीमदत्तनगर, २९ पुस । कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन् । स्थानीय बेल्डाँडी र त्रिभुवनबस्ती पुग्नुभएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीयवासीले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत भए पनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा शसस्त्र प्रहरी पोस्ट स्थापना गर्नुपर्ने माग गरेका हुन् । खुला सीमा नाका भएका कारण विभिन्न अपराध, मानव बेचबिखन, भारतीय बेपाहा प्रवृति सहनुपरेको भन्दै पुर्नवास नगरपालिकाका शङ्कर बोगटीले खुला सिमानाका कारण स्थानीय बजारमा तस्करीसमेत मौलाएको बताए । अर्का स्थानीयबासी रमेश अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको र सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएको बताए । ‘सीमा पिल्लर नेपालतर्फ सार्नेदेखि भारतीय एसएसबिले समय समयमा नेपालीलाई दुःख दिने गरेको छ ।’ अर्यालले भने,“सिमा क्षेत्रको सुरक्षा स्थानीयवासीले गरेका छन् ।’ एक सय ३१ किलोमिटर क्षेत्र भारतसित सीमा जोडिएको भए पनि भारतले हरेक पाँच किलोमिटरको फरकका ३१ वटा एसएसबी पोस्ट राखेर सीमामा निगरानी बढाएको छ । तर नेपाली पक्षबाट भने सशस्त्र प्रहरीका दुईवटा मात्रै सुरक्षा पोस्ट छन् । पुर्नवासका दानबहादुर सुनारले १०४देखि २०० नम्बर सीमा स्तम्भमा समस्या रहेको र भारतीय पक्षले केही स्थानीवासीको जग्गासमेत कब्जा गरेको उनले बताए । ‘सीमा पिल्लर ढलेको प्रति हाम्रो प्रशासन नै बेखबर छ ।’ उनले भने, “तत्काल अतिक्रमण रोक्न पहल होस् ।” सीमा विवाद देखिएका क्षेत्रमा भारतीय पक्षसित समन्वय गरेर समाधान खोज्न सीमाक्षेत्रका बासिन्दाको माग छ । सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनीका बाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले त्रिभुवनबस्ती र बेल्डाँडीमा सशस्त्र पोस्ट स्थापना गर्न पहल भइरहेको बताए । ‘हाम्रो तर्फ दोधारा चादँनी र बेलौरीमा मात्रै सीमा सुरक्षा पोस्ट छ ।’ उनले भने, “थप पोस्ट बढाउन माथिल्लो निकायमा पहल हुँदैछ ।” सीमा अतिक्रमणलगायत स्थानीयस्तरमा देखिने समस्याका बारेमा भारतीय पक्षसित पनि समन्वय हुने गरेको उनले उल्लेख गरे । त्यसैगरी नेपाल प्रहरीका सुदूरपश्चिम क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले सीमा क्षेत्रको सुरक्षा व्यवस्था सवल बनाउन आफूहरु लागिरहेको बताए । उनले दक्षिण क्षेत्रका बासिन्दाको मागअनुसार केही प्रहरी युनिट थप गर्नाका साथै स्तरोन्नतिका लागि पनि पहल भइरहेको जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending