पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोलको २३ औं सम्मेलन
माघ ७ गते, २०७३ शुक्रवार 20th January, 2017 Fri१५:३९:४० मा प्रकाशित
काठमाडौँ, ७ माघ । विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ ।
गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ ।
त्यसैगरी मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एसियाली क्षेत्रमा सूचना सङ्कलन र आदानप्रदानलाई अझ बढी प्रभावकारी बनाउने सहमति भएको छ ।
आतङ्ककारी सङ्गठनको सम्बन्धमा विवरण सङ्कलन, आदानप्रदान, आतङ्ककारीको सम्पत्ति विवरण सङ्कलनलगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने उल्लेख छ ।
त्यसैगरी चौथो बुँदामा एसियाली क्षेत्रमा विद्युतीय अपराधविरुद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्राविधिक ज्ञानको दायरा बढाउने उल्लेख छ ।
पाँचौँ बुँदामा अन्तरदेशीय वातावरणीय अपराध नियन्त्रण गर्ने तथा सोका लागि अन्तक्र्रिया, विवरण सङ्कलन र आदानप्रदान गर्ने उल्लेख छ ।
सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल भएको थियो । अर्को सम्मेलन दुई वर्षपछि इरानमा हुने भएको छ ।
सम्मेलनको समापन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलन उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै अपराध नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताए ।
कानुन कार्यान्वयनका लागि एसियाली मुलुकबीच सहकार्य आवश्यक रहेकामा जोड दिँदै सम्मेलनले भूमिका खेलेको उनको भनाई छ ।
गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रहरी संयन्त्रको सफलताको प्रतिविम्ब देशकै सफलतामा देखिने बताए ।
नेपालमा अपराध गरी अन्य मुलुकमा लुकेर बसेकाहरुलाई पक्राउ गर्न सम्मेलनको छलफलले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
इन्टरपोलका महासचिव जुर्गेन स्टकले सम्मेलन सफलताको प्रतिविम्ब निकट भविष्यमै देखिन थाल्ने विश्वास व्यक्त गरे।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीका लागि सूचना आदानप्रदान र छलफलका लागि इन्टरपोलजस्तो निकाय अर्को नभएको टिप्पणी गरे ।
सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए ।
नेपाललाई अन्तरदेशीय सम्बन्ध विस्तार गर्न र अपाराधबारे सूचना आदानप्रदान गर्न सम्मेलनले सहयोग गरेको उनको भनाइ छ । सम्मेलनमा नवीन र राम्रा कामको अनुभव आदानप्रदान भएको उनले बताए । सम्मेलनमा विशेषतः सङ्गठित अपराध र आतङ्कवादका विषयमा केन्द्रित रहेको उनले जानकारी दिए ।
सम्मेलनमा ३३ राष्ट्रका १३६ जना कानुन कार्यान्वयन गर्ने सुरक्षा अधिकारीको प्रतिनिधित्व रहेको थियो । यसअघि १०औँ क्षेत्रीय सम्मेलन आयोजना गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गरेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: