Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको संगठन विस्तार अभियान तिव्र

स्याङ्जा, ७ माघ । स्याङ्जाको पेलाकोट गाविस वडा नम्बर ५ र ६ मा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको इकाइ समिती गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र वालिङ नगर कमिटी इन्चार्ज प्रकाश न्यौपाने (किरण० ले दलित मुक्तिको लागि संघर्ष गरेको पार्टी माओवादी भएकाले माओवादीमा गोलवन्द हुन सम्पुर्ण दलित समुदायलाई आव्हान गरेका थिए । उनले अबको चुनावमा माओवादीले अग्रता कायम गर्ने निश्चित भएकाले दलित समुदायहरुलाइ संगठन विस्तारको कार्यलाइ तिव्रता दिन निर्देशन दिए । भुपू सैनिक संगठन वालिङका क्लष्टर इन्चार्ज देवलाल तमुले एमाले कांग्रेसले दलित समुदायको मुक्तिको कुरा गरेर भुलाएको उल्लेख गर्दै अव कंग्रेस, एमालेका कुनै पनि कुरामा दलित समुदायले विश्वास गरेर भुल गर्न नहुने स्पष्ट पारे । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा वालिङ क्लष्टर इनचार्ज स्याम विश्वकर्माले माओवादीका कारण आज दलित समुदायहरुले आफुलाइ हुने विभेदको विरुद्ध वोल्न सक्ने भएको स्मरण गराउदै दलित समुदाय माओवादी भन्दा अन्य कुनै पार्टिमा जान्छ भने त्यो यथास्थितिवादी भएको ठोकुवा गरे । कार्यक्रममा वाइसिएल जिल्ला सदस्य राजु गैरेले वाँकी रहेको क्रान्ति सम्पन्न गर्न सम्पर्ण युवाहरु एक हुन आवस्यक रहेको स्पष्ट पार्दै देशलाइ परेको खण्डमा फेरी पनि युवाहरु रगत वगाउन तयार हुनुपर्नेमा जोड दिए । दलित समुदायको वाक्लो उपस्थिति रहेको भेलामा जुद्ध वहादुर विश्वकर्माको अध्यक्षतामा ३५ सदस्यीय इकाइ कमिटी गठन भएको छ । उपाध्यक्षमा धन वहादुर विश्वकर्मा, सचिवमा, लिला विश्वकर्मा, सह–सचिवमा सरोज विश्वकर्मा, कोषाध्यक्षमा गिता गहतराज, सदस्यहरुमा धनलाल विश्वकर्मा, अस्मिता गहतराज, डिला विश्वकर्मा, आसिका विश्वकर्मा, प्रतिमा विश्वकर्मा, पुनम विश्वकर्मा, सुनिता विश्वकर्मा, मिना विश्वकर्मा, ममता, विश्वकर्मा, रविन विश्वकर्मा, सान्ता विश्वकर्मा, पवित्रा विश्वकर्मा, सृष्टि विश्वकर्मा, आसिस विश्वकर्मा, सुमन विश्वकर्मा, विपना विश्वकर्मा, सुजन विश्वकर्मा, राजन विश्वकर्मा, प्रदिप विश्वकर्मा, मनिसा विश्वकर्मा, सुमित्रा विश्वकर्मा, मिठु विश्वकर्मा, राजु विश्वकर्मा, सुसिला विश्वकर्मा, मिलन विश्वकर्मा र अमृता विश्वकर्मा रहेका छन । मिनु विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अनिता गहतराजले र संचालन जुद्ध वहादुर विश्वकर्माले गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending