Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि...

खोटाङ, ९ माघ जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो । डिकुवा–२ का नरबहादुर मगरलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले सोही नामथर भएका डिकुवा–६ का नरबहादुरलाई पक्राउ गरेर कारबाही सुरु गरेको थियो । डिकुवा–२ का नरबहादुरविरुद्ध परेको मुद्दामा अदालतले २०५९ असोज १ गते उनलाई एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । डिकुवा–२ का नरबहादुरले कैद र जरिवाना भुक्तानी गर्न बाँकी भएकाले पक्राउ गरी हाजिर गराउन प्रहरीलाई भनिएका निर्दोष व्यक्ति परेकाले तत्काल छाड्न निर्देशन दिइएको अदालतका तहसिलदार डोरनारायण श्रेष्ठले बताउनुभयो । “एउटा व्यक्तिलाई पक्राउ गर्न भनिएकामा अर्कैलाई पक्राउ गरिएको रहेछ ।” उहाँले भन्नुभयो – “निर्दोष व्यक्तिलाई कारबाही भइरहेको थाहा पाएपछि तत्काल छाड्न निर्देशन दिइएको हो ।” अदालतको निर्देशनपछि कारबाही भोगिरहेका निर्दोष मगरलाई शनिबार साँझ नै छाडिएको जिल्ला कारागार, खोटाङका नायब सुब्बा सुवास राईले जानकारी दिए । प्रहरी चौकी च्यास्मिटारको टोलीले पुस २४ गते पक्राउ गरेको मगरलाई तीन दिनपछि पुस २९ गते कारागार चलान गरिएको थियो । बिना कारण कारबाही भोगेका निर्दोष मगरले कारबाही भोगेबापतको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । “बिना गल्ती पक्राउ गरेर मेरो बेइज्जत गरिएको छ ।” उनले भने, “मलाई बेइज्जत गर्नेविरुद्ध कारबाही हुनुुपर्छ ।” स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने, डिकुवा–६ का नरबहादुर गर्बुजामगर हुन् । प्रहरीको यो लापर्बाहीले प्रहरीमाथि जनताले गरेको विश्वास गिरेको स्थानीयवासी तथा नेपाल विद्यार्थी सङ्घ खोटाङका सभापति राजकुमार राईले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: