Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

हुलाकबाट रेडियोको नवीकरण

\"\"पाल्पा, ११ माघ । पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ । सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिए । जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२÷०७३ र ०७३÷०७४ को नवीकरण जिल्ला हुलाक कार्यालयबाट भएको जानकारी दिए । रेडियोले ०७३÷०७४ मा रु १८ हजार ३२० रोयल्टीबापतको रकम जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई तिरेको हो । सय वाटको रेडियोले वार्षिक नवीकरणबापत रु दुई हजार सरकारलाई तिर्नुपर्ने कानुनी प्रावधान रहेको छ । स्टेसन म्यानेजर शुकदेव पोखरेलका अनुसार नवीकरण र रोयल्टीको काम जिल्लाबाट हुन थाले पनि ट्रान्समिटरको नवीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता पनि हट्नुपर्छ । पाल्पाको रामपुरबाट संचालित अन्य दुई एफएम, मदनपोखरा गाविसमा एक, दोभान गाविसमा एक र तानसेनबाट चारवटा एफएम रेडियो सञ्चालन रहेका छन् भने नवीकरणका लागि सूचना तथा सञ्चार मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको छ । एफएम रेडियो सञ्चालनमा आर्थिक समस्या हुने र पत्रकार लामो समयसम्म टिक्न नसक्दा गुणस्तरीय समाचार र स्थानीयस्तरका समस्या उठान गर्नमा समस्या हुँदै आएको रेडियो सञ्चालक बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy