Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

संविधान संशोधनपछि मात्र चुनाव : राई

खोटाङ, १४ माघ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्न नहुने बताएका छन् । स्थानीय तहको पुनःसंरचनाको विषयमा आदिवासी जनजाति, मधेसी लगायतको असहमति रहेको अवस्थामा निर्वाचनको मिति घोषणा गर्दा देश दुर्घटनामा फस्ने उनले दाबी गरे । सङ्घीय समाजवादी फोरम खोटाङले बिहीबार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकारसम्मेलनमा उनले निर्वाचनले नेपाली–नेपाली बीचको भिन्नतालाई बढाउने, असहमतिलाई बढाउने, द्वन्द्वलाई बढाउने अवस्था आउनु नहुने बताए । “सबै समस्या समाधान गर्ने एउटै उपाय संविधानलाई सुझावसहित संशोधन गर्नुपर्छ”, उनले भने, “चुनाव गरिहाल्नुपर्छ, संशोधनसम्बन्धी प्रक्रिया अघि बढ्दै गर्छ भन्नेमा सरकार लागेको छ भने, त्यो सरकारको कदम गलत हुनेछ । चुनाव विरोधी हामी होइनौँ । तर चुनाव सबैको सहभागिताका आधारमा गराउनुपर्छ ।” दिक्तेलस्थित पार्टी कार्यालयमा गरिएको पत्रकारसम्मेलननमा उनले पहिले संविधानलाई सुधारसहित पारित गरौँ, अनि त्यसपछि चुनावको मिति घोषणा गरौँ भनेर हामीले सरकारलाई सुझाव दिइरहेको पनि जानकारी गराए । “जुन दिन संविधान संशोधन हुन्छ, उही दिन चुनावको मिति घोषणा गर्दा हुन्छ,” उनले भने । पत्रकारसम्मेलनमा उपाध्यक्ष रेणु यादवले संविधान संशोधनमा ठूला पार्टीका नेता गम्भीर नरहेको आरोप लगाइन् । “देशलाई कता लैजाने भन्नेमा ठूला दलका नेता स्पष्ट देखिन्नन्”, उनले भनिन्, “देशलाई दुर्घटना हुन नदिन सङ्घीय समाजवादी फोरमले सदन र सडकबाट खबरदारी गरिरहेको छ ।”
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending