Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

स्थानीयको अवरोधले मोदीखोलामा पुल निर्माण कार्य ठप्प

पर्वत, १५ माघ । पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । कुल तीन करोड ५० लाख रुपैयाँको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् । उक्त ठाउँमा मोटरेबल पुल निर्माणले पुरातात्विक संरचना ध्वस्त हुने र मोदीबेनी धामको अस्तित्व समेत समाप्त हुने उनीहरुको भनाइ छ । उनीहरुले प्रस्तावित नक्साङ्कन भएको ठाउँबाट करिब २०० मिटर पूर्वपट्टि मल्याङ्दी खोला नजिक पुल निर्माण गर्न भन्दै मन्त्रालयमा समेत निवेदन दिएका छन् । उक्त पुलको दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो । पुलको लम्बाइ १४० मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको थियो । अहिले बन्न लागेको मोटरेबल पुलले मोदीबेनी धाममा केही असर नगर्ने बताउँदै पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले विकास निर्माणमा समेत राजनीतिक खिचातानी गर्ने परिपाटी हाबी गुनासो पोखे । निकै कष्टपूर्ण तवरबाट पुल निर्माणको लागि बजेट विनियोजन गरिएको र राष्ट्रिय गौरवको आयोजनामा अवरोध आउनु दुःखद् भएको उनले बताए । उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोकमार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–कुश्मा सडकखण्डको ट्र्याक खोल्ने काम भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending