Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

गायक प्रेमध्वजलाई लहनाको विशेष सम्मान

\"\"काठमाडौँ, १५ माघ । नववर्ष नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा लहना मिडियाले शुक्रबार साँझ एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी प्रसिद्ध गायक प्रेमध्वज प्रधानलाई विशेष सम्मान प्रदान ग¥यो । ‘युएफओ भिन्तुना सनिल’ नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रममा गायक प्रधानले आफूले विसं २०२१÷२२ तिर भारत गएर रेकर्ड गराएका नेपाल भाषाका केही गीत दर्शकसामु पस्किएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, समाजसेवी लक्ष्मीदास मानन्धर र कलाकार भृगुराम श्रेष्ठले गायक प्रधानलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । गायक प्रधानलाई युएफओ क्लथिङ स्टोरका तर्फबाट ५१ हजार १११ रुपैयाँको चेक पनि प्रदान गरिएको थियो । प्रेमध्वज सङ्गीत प्रतिष्ठान स्थापनार्थ यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था लहना मिडियाले जनाएको छ । उक्त कार्यक्रममा जेम्स प्रधान, भीम तुलाधर, निशा देसार, सुरजवीर बज्राचार्य, एञ्जिला सिंह, आराध्यलक्ष्मी खड्गी, सुलिन्द्र शाक्य, अन्जन श्रेष्ठ, पङ्कज राजोपाध्याय र भूपेन्द्र बज्राचार्य, ज्योति घिमिरे र निशान्त गौतमले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। प्रेमध्वज प्रधानको जन्म सन् १९३८ जुन ६ मा सिन्धुपाल्चोकको चौतारामा भएको हो । नेपाली र नेपाल भाषाका दशवटा चलचित्रमा गाएका प्रधान नेपाली सुगम सङ्गीतका अग्रज कलाकार मानिन्छन् । उनले गाएको नेपाल भाषाको ‘बालाबालाचिंगु मिखाः’ नेपालको गायन क्षेत्रकै पहिलो एक एन्ड रोल गीत भएको मानिएको छ । भारतीय कलाकारहरुबाट ‘गोल्डेन भ्वाइस अफ नेपाल’ विशेषण पाएका कलाकार प्रधानका नेपाली भाषामा ‘ऐना नभए’ ‘गोरेटो त्यो गाउँको’ जस्ता थुप्रै कर्णप्रिय गीतहरु रहेका छन् । नेपाल भाषाको ‘राजमति कुमति’ उनको पहिचान स्थापित गर्ने अर्को गीत हो । सम्मानपत्र प्रदान गर्दै मन्त्री शाहीले प्रेमध्वज सङ्गीत प्रतिष्ठान स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे । सम्मानित गायक प्रधानले अरु विधाका कलाकारहरुलाई पनि सम्मान गर्दै जाने परम्परा बसाल्नुपर्ने सुझाव दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy