Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

नेपालबाट सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य

\"\"ललितपुर, १५ माघ । सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारको छ । “समयमानै कुष्ठरोगको उपचार गरौं, अपाङ्गता हुनबाट बचौंँ” भन्ने मूलनाराका साथ भोलि यो दिवस देशभरि मनाउने तयारी गरेको छ । अङ्ग्रेजी वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा मात्र प्रत्येक वर्ष तीन हजार मानिसमा नयाँ रोग देखिने गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । विश्वभरी एक लाख ७५ हजार कुष्ठरोगी बिरामीको उपचार भइरहेको अवस्थामा नेपालमा मात्र दुई हजार पाँचसय जनाको उपचार भइरहेको जनाइएको छ । संसारभरी कुष्ठरोगीको सङ्ख्या सुस्त ढङ्गले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालमा भने घटेको देखिदैन । नेपालमा तीन हजार एकसय र विश्वभरिबाट दुईलाख १० हजार व्यक्ति बहुऔषधि उपचारले कुष्ठरोगबाट मुक्त भएको तथ्याङ्ले देखाएको छ । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक एवम् कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेकाअनुसार दक्षिण एसियाली देशमा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ । छिमेकीमुलुक भारतमा मात्र एकलाख ३७ हजार कुष्ठरोगीका बिरामी रहेको उनको भनाइ छ । भौगोलिक रुपले नेपालको तराई क्षेत्रमा यो रोगको प्रकोप अत्यधिक देखिएको उनले बताए । उनका अनुसार बाँके र बर्दिया जिल्लामा कुष्ठरोगीको सङ्ख्या अधिक रहेको छ । “खोपमुक्त गाउँ जस्तै कुष्ठरोग मुक्त” गाउँ बनाउने अभियान अन्तर्गत सप्तरी जिल्लाबाट कार्यक्रम सुरु गरिने उनले बताए । कुष्ठरोग निवारण हुन बाँकी रहेका अछाम, मुगु, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, मोरङ र झापा गरी १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा पाण्डेले बताए । उनकाअनुसार ५० वटा जिल्ला कुष्ठरोग निवारणको अवस्थामा रहेको छ । डोल्पा, मुस्ताङ, मनाङ, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बु र भक्तपुर गरी सातवटा जिल्ला कुष्ठरोग निवारण क्षेत्र रहेको पनि उनले बताए । कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने पुरानै रोग भएको ‘द लेप्रोसी मिसन’ नेपालद्वारा सञ्चालित आनन्दवन अस्पतालका मेडिकल निर्देशक डा इन्द्रबहादुर नापितले बताए । यो अस्पताल कुष्ठरोगीको सेवा गर्ने नेपालकै एक मात्र अस्पताल भएको उनले बताए । उक्त अस्पतालले सन् १९५७ देखि कुष्ठरोगका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । उनका अनुसार कुष्ठरोगको किटाणुसँग लड्नसक्ने शक्ति मानिसमा ९९ प्रतिशत रहने गरेको अनुसन्धानबाट देखिएको छ । एकसय जना मानिसको शरीरमा कुष्ठरोगको किटाणु प्रवेश गरेमा एक जनामा मात्र यो रोग लाग्ने गरेको उनले जानकारी दिए । नेपालमा पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार कुष्ठरोगीको सङ्ख्यामा वृद्धि भइरहेको समेत प्रमुख पाण्डेले बताए । अस्पतालका कुष्ठरोग तालिम संयोजक गोपाल पोखरेलका अनुसार मानवजातिमा मात्र यो रोग लाग्ने गरेको छ । कुष्ठरोग जुनसुकै उमेरका मानिसमा लाग्ने गरिए पनि विशेष गरी १०–१४ र ३५–४४ वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको उनले बताए । यो रोग विशेष गरी मङ्गोलियन अनुहार भएकालाई बढी र आर्यन अनुहार भएकालाई कम देखिने गरेको बताइएको छ । कुष्ठरोग रोकथाम र जनचेतना फैलाउने अभिप्रायले दोलखा, बुटवल र चन्द्रनिगाहापुरमा महिनाको एकपटक शिविर सञ्चालन गर्ने गरेको उनले बताए । मानिसको खुट्टा कमजोर हुँदै गएमा, हातखुट्टा पोल्ने र निदाएजस्तो भएमा, छालामा रातो वा फुस्रो रङ्गको दाग देखा परेमा, आँखी भौँं झरेमा वा पातलो भएमा, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो भएमा, लगातार हातखुट्टा झमझम गरेमा, नाक थेप्चो भएर गएको भेटिएमा कुष्ठरोगको चिन्ह् र लक्षण हुने गरेको तालिम संयोजक पोखरेलले जानकारी दिए । यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड्याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधिको सेवन गर्नुपर्ने उनले बताए । यसैगरी कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले छ महिनासम्म रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्ने जनाइएको छ । यो औषधि निःशुल्क रुपमा पाइन्छ । उनका अनुसार कुष्ठरोग लागेका कारण वैवाहिक, रोजगारी, व्यक्तिगत, सामाजिक, धार्मिकलगायतका कार्यमा कुष्ठरोगीलाई समस्या आउने गरेको छ । कुष्ठरोग लागेका परिवारका सदस्यलाई खजुरीको नेपाल प्राइभेट लिमिटेडले वार्षिक रुपमा २० जनालाई रोजगारीको व्यवस्था गरिएको उनले बताए । कुष्ठरोग माइको ब्याक्टेरियम लेप्रेका कारण हुने गरेको नर्वेका डा ग्ल्यानेरिक एन्रीक ह्यान्सनले सन् १८७३ मा पत्ता लगाएको थियो । यसैले यो रोगलाई ‘ह्यान्सन डिजिज’ नामले पनि चिनिने गरिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy