Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

माओवादी हेडक्वाटरमा बुझाइयो ७० केन्द्रीय सदस्यको सामुहिक राजिनामा

\"\"काठमाडौं, १८ माघ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यलय पेरिषडाँडामा आज सामुहिक रुपमा राजिनामा बुझाएका छन् । माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्लामा कार्यरत पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ‘देशबन्ध’ु, केशव नेपाल , केन्द्रीय सदस्यहरु दावा तामाङ, झम्क प्रसाद पराजुली , राजकुमार श्रेष्ठ, माधव सापकोटा ‘सुबोध’ युवराज दुलाल ‘सरद’ सरल सहयात्री, अमृता नेपाल लगायत ७० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित कार्यलयका मुख्य सचिवलाई राजिनामा बुझाएका हुन । संगठनात्मक विधि र पद्धतिको कार्यन्वयन सहित समितिहरुको चुस्तताको लागि पार्टीलाई सहयोग गर्न भन्दै माओवादी केन्द्र सिन्धुपाल्चोकको माघ १२ गते सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलाले गरेको निणर्य अनुरुप जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा बुझाएका हुन । पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्ला संयोजक दावा तामाङले बताए । अहिलेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पनि बस्न नसकिने र महत्वपुर्ण निर्णय गर्न नसकिने भएकाले विधि र प्रक्रियाको आधारमा पार्टी निर्माण गर्न राजिनामा दिएको माओवादी नेता तथा पूर्वसभासद राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘प्रकृयाको आधारमा पार्टीं निर्माणको बहस गर्न राजीनामा दिएका हौं’, उनले भने– तर हामी पार्टीको जिम्मेवारीबाट पन्छने छैनौं । अर्का नेता युवराज दुलाल ‘सरद’ले पार्टीलाई नयाँ परिस्थितिमा नयाँ ढंगले अगाडी बढाउनु पर्ने आवस्यकता भएकाले आगामी निर्वाचनमा पार्टीलाई १ नम्बरको पार्टी बनाउने सकारात्मक उदेश्य सहित देशभर नयाँ सन्देश दिने हिसाबले सिन्धुपाल्चोकले नयाँ अभियान चलाएको बताए । \"\" \"\" \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending