Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बेमौसममै फुल्यो गुराँस

\"\"जाजरकोट, १९ माघ । उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ । “जलवायु परिवर्तनको प्रत्यक्ष असर नै हो”– जिल्ला वन कार्यालयका नेपाली शाहले भने, “धेरै चिसो हुने स्थानमा पुस, माघमै गुराँस फुलेको देखिएको छ ।” उनका अनुसार जलवायुमा अहिले विश्वव्यापी उष्णीकरण बढ्दो छ । विश्वव्यापी रूपमा तापक्रम ० दशमलव ०४ डिग्री सेन्टिग्रेडले बढिरहेको छ । तर, यो आधारभन्दा नेपालको औसत तापक्रम तराई र हिमालको अनुपातमा ० दशमलव ०६ डिग्री सेन्टिग्रेडले बढ्दै गएको छ । दुई हजार ६९० मिटर उचाइको बारेकोट क्षेत्रमा यसपटक हिउँ नै परेन । जाजरकोटकै अग्लो यो भू–भागमा बर्सेनि पुस र माघमा हिउँ पर्दै आएको थियो । नायकवाडा, रोकायगाउँ, रामीडाँडा, मजकोटलगायतका उच्च लेकमा पनि यो वर्ष हिउँ परेन । हिउँ नै नदेखेकाले यी क्षेत्रमा छिटो गुराँस फुलेको देख्न पाएका छन् । “अहिले पहिलोपटक पुस महिनामै मदाने जङ्गलमा गुराँस फुलेको देखें”– नायकवाडाका चक्रबहादुर सिंहले भने । “यो वर्ष चिसो भएको थाहा नै पाइएन, माघ महिनामै गर्मी बढ्यो”– उनले भने । माघको घामले शरीरमा पसिना आएको पहिलोपटक अनुभव गरेको अर्का जनक शाहीले बताए । चिसो स्थानमा धान फल्नु र उत्पादन बढ्नु, हिउँ छिटोछिटो पग्लनु, जलवायु परिवर्तनको सकारात्मक प्रभाव भएपनि कृषिमा देखिएका नयाँ नयाँ रोग, नयाँ कीरा फट्याङ्ग्रा र फरक प्रकृतिका लामखुट्टे लगायतको वृद्धि नकारात्मक असर भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । “त्यस्तै पानी पर्ने दर पनि पूर्वानुमान गर्न नसकिने अवस्थामा पुगेको उनको भनाइ छ”– थोरैथोरै पानी धेरै समयसम्म पर्ने गरेकामा अहिले लामो समय नपर्ने र प¥यो भने एकैपटक पर्ने गरेको छ । गर्मीका दिन बढ्नु र जाडोको समय घट्नु पनि जलवायु परिवर्तनकै असर भएको शाहको भनाइ छ । यसको प्रभावले जीवजन्तुले बासस्थान नै फेर्न थालेका छन् । यस वर्ष हिउँदे वर्षा नै नभएकाले पनि बालीनालीदेखि वनजङ्गल र जन्तुमा त्यसको असर देखिँदै जाने, आगलागीको घटनासमेत बढ्न सक्ने उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy