Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नयाँ शक्ति चुनावको लागि तयार छ : देवेन्द्र पौडेल

\"\"काठमाडौं, २२ माघ ।  नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्ति पार्टी तीनवटै चुनावको लागि तयार रहेको बताएका छन् । काठमाडौंमा शनिबार प्रस्तावित २ नं. प्रदेशको काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै उनले समग्र राजनीतिक मुद्दाहरु हल गरेर देशलाई समृद्धिको बाटोमा हिंडाउनुपर्ने भएकोले सबै आदिवासी, जनजाति, मधेशी, थारुलगायत सबै उत्पीडित समुदायहरुको हक, अधिकार सुनिश्चित हुनेगरी चुनावको मिति घोषणा गरेर देशलाई राजनीतिक निकास दिनुपर्ने बताए । नयाँ शक्ति पार्टीले तराई, मधेश, पहाड र हिमाल जोडेर मुलुकको राष्ट्रियता बलियो बनाउने बताउँदै उनले भने, ‘अब मधेश, तराई, पहाड, हिमालको एकतालाई कसैले तोड्न सक्दैन किनकि यो देशमा नयाँ शक्ति जन्मिइसकेको छ । यदि कसैले त्यो एकता ताड्न खोज्छ भने त्यो अब संभव छैन ।’ उनले पार्टी घोषणाको ७ महिनामा नै ७५ वटै जिल्लाहरुमा संगठन विस्तार गर्न नयाँ शक्ति सफल भएको पनि दाबी गरे । नयाँ शक्ति पार्टीका प्रदेश नं. २ का सहसंयोजक रामरिझन यादवले मधेशी समुदायलाई चकलेट र आइसक्रिम खुवाए जस्तो गरी व्यवहार नगर्न पुराना दलहरुलाई चेतावनी दिंदै मधेश र तराईको परिभाषा गर्न नसक्ने मान्छे देशको सरकारी हाकिम, मन्त्री, प्रधानमन्त्री बन्ने दुर्भाग्यको अन्त्य हुनुपर्ने बताए । त्यस्तै २ नं. प्रदेशकै संयोजक महेन्द्र पासवानले उत्पीडित समुदायको हक, अधिकारका लागि १० वर्ष जनयुद्ध लड्दासमेत धोका पाएको बताउँदै मधेशको मुक्तिका लागि स्वशासन र स्वायत्तता अनिवार्य रहेको बताए । उनले यो देश बन्नुमा मधेशको पनि उत्तिकै योगदान रहेको बताउँदै सबै जाति, वर्ग र समुदायको प्रतिनिधित्वका लागि नयाँ शक्तिले अवलम्बन गरेको तीन क्लस्टरको धारणा नै सबैभन्दा उत्तम भएको जिकीर गरे । नयाँ शक्ति पार्टीका ३ नम्बर प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठले नयाँ शक्ति वर्तमानमा एउटा पार्टी मात्र नभएकोले यो समग्र देशको अवस्था परिवर्तनका लागि निर्माण भएको वैकल्पिक राजनीतिक शक्ति भएको बताए । उनले नयाँ शक्तिले अरु पार्टी र नेताहरुलाई गाली र आलोचना गरेर कसैको विज्ञापन नगर्ने भन्दै सिर्जनात्मक र सकारात्मक काम गरेर आफूलाई स्थापित गर्ने अभियानमा नयाँ शक्ति लागेको बताए । कार्यक्रममा नयाँ शक्तिका कार्यकारी समिति सदस्य विरेन्द्र पोखरेल, बाल्मिकी ठाकुर, कृष्ण कुमार गुप्तालगायतले बोल्दै नयाँ शक्तिले नै मुलुकलाई समृद्ध बनाउने बताए । २ नम्बर प्रदेश काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलाले कृष्ण कुमार गुप्ताको संयोजकत्वमा १ सय ५१ सदस्यीय अन्तरिम प्रादेशिक परिषद् गठन गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: