Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दलित मन्दिर प्रवेश गरेको भन्दै पाँच हजार जरिवाना

रामेछाप, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् । बेताली–३ मा रहेको शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन् । स्थानीयवासीले मन्दिरमा प्रत्येक शनिबार र मङ्गलबार निःसन्तान मानिस सन्तान प्राप्तिका लागि, युवा विदैशिक रोजगार फलदायी बनाउन र बोली नआएका बालबच्चाको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकल अनुसारको बलि चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ । सोही जनविश्वासअनुसार विकले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि बोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गई पाठी पूजा गर्ने भाकल गरेकी थिइन् । भाकल गरेअनुसार कृष्ण पाठी पूजा गर्न शनिबार मन्दिर पुगेका थिए । विक मन्दिरभित्र प्रवेश गर्नासाथ दलित किन मन्दिरभित्र पसेको भन्दै पुजारीले बाहिर निकाली गालीगलौज गर्न थाले । पीडित कृष्णकुमारले “हामी चाहिँ पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क पाँच हजार जरिवाना तिर नभए तेरो ज्यान लिन्छौँ” भन्दै पुजारीले नै दुव्र्यवहार गरेका थिए । त्यतिबेलासम्म विकले पैसा तिर्न मानिरहेका थिएनन् । पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्ज ब। कार्कीलाई फोन गरेर सोधे । गुञ्जबहादुरले फोनमार्फत नै कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नू पाँच हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्री लगाएर मात्र अरू पूजा गर्नु भनेर आदेश दिएपछि सोही बमोजिम पुजारीले जरिवाना गरे । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: