Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

उत्तर कोरियाद्वारा लामो दुरीको ब्यालेष्टिक मिसाइल परिक्षण

\"\"एजेन्सी, १ फागुन । उत्तर कोरियाले एक ब्यालिष्टिक क्षेप्यास्त्रको परिक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार आइतबार स्थानीय समय अनुसार बिहानको ७ बजेर ५५ मिनेट जाँदा गरिएको उक्त क्षेप्यास्त्र पूर्वमा जापानी सागरतर्फ लक्षित गरिएको थियो । पछिल्लो वर्ष प्योङ्याङले थुप्रै परमाणु परिक्षण गरेको थियो । उत्तर कोरिया लगातार क्षेप्यास्त्र र परमाणुको परिक्षण गरिरहेको छ । यसका साथै उत्तर कोरियाले निकै आक्रामक बयानसमेत दिने गरेको छ । वासिङ्टनले उत्तर कोरियाले क्षेप्यास्त्रको परिक्षण गरेको जानकारी पुष्टि गरेपछि मात्र अमेरिकी सुरक्षा अधिकारीले यसको जानकारी दिने रोयटर्सले बताएको छ । दक्षिण कोरियाली सरकाले राष्ट्रिय सुरक्षामाथि एक बैठक बोलाएको छ जसमा उत्तर कोरियाको उक्त परिक्षणबारे चर्चा गरिने बताइएको छ । पछिल्लो हप्ता दक्षिण कोरियाको भ्रमणका बेला अमेरिकी रक्षामन्त्री जोन म्याटिसले यदि उत्तर कोरियाले परमाणु हमलाको दुःसाहस गरे त्यसको तगडा जवाफ पाउने बताएका थिए । उनले दक्षिण कोरियामा अमेरिकी मिसाइल डिफेन्स सिस्टम तैनाथ गरिएको बारे पुष्टि गरेका थिए । केही मिडियाले उत्तर कोरियाको यो परिक्षण अमेरिकी राष्ट्रपतिलाई देखाउनका लागि गरिएको बताएका छन् । साथै, अमेरिकालाई चुनौती दिन उत्तर कोरियाले यसो गरेको केही अन्तर्रा्ष्ट्रिय मिडियाले दाबी गरेका छन् । उत्तर कोरियाले पछिल्लो वर्ष आफ्नो पाँचौं परमाणु परिक्षण गरेका थिए । आफूहरु अब अमेरिकामाथि परमाणु हमला गर्न सक्षम रहेको पनि उत्तर कोरियाले बताएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending