Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

राशिबाट थाहा पाउनुहोस् तपाई कस्तो प्रेमी

\"\"मेष : मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई चाँडै पट्याउने क्षमता हुन्छ । उनीहरू हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम प्रायः दिगो हुँदैन । उनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडाबाट उनीहरू चाँडै बाहिर निस्किन्छन् । वृष : वृष राशिका मानिस उत्तम श्रेणीका प्रेमी मानिन्छन् । प्रेममा चाँडै पर्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूमा भावुकता पनि बढी हुन्छ । प्रेमिका अथवा जीवनसाथीलाई उनीहरू अधिक माया गर्छन् । दिगो सम्बन्धमा उनीहरूको विश्वास हुन्छ । यिनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ । मिथुन : मिथुन राशि भएका मानिस जीवनमा धेरैसँग प्रेममा पर्छन् । उनीहरूले बहुविवाह गर्ने सम्भावना बढी हुन्छ । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । अरूको मनसँग खेल्ने उनीहरूको स्वभाव हुन्छ । विवाहलाई त्यति महत्व दिँदैनन् र विवाहेतर सम्बन्धमा रुचि राख्छन् । उनीहरूको मन चञ्चल हुन्छ। कर्कट : कर्कट राशि भएका मानिस ‘मुडी’ हुन्छन् । तर, प्रेम सम्बन्धप्रति भने इमानदार हुन्छन् र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्छन् । परिवारको हस्तक्षेपका कारण उनीहरूको प्रेम र वैवाहिक जीवनमा बारम्बार समस्या आउने गर्छ । प्रेमी अथवा प्रेमिकाको भावनालाई उनीहरू सम्मान गर्छन् । बिहेपछिको उनीहरूको जीवन सुखमय हुन्छ । अहम् मौकामा प्रेमसम्बन्धी निर्णय लिने क्षमता उनीहरूमा कमजोर हुन्छ । सिंह : सिंह राशि भएकाहरूको बोली असाध्यै मीठो हुन्छ । स्त्रीलाई आकर्षित गर्न सिंह राशि भएका पुरुषले आफ्नो बोलीलाई हतियार बनाउँछन् । उनीहरू उदार विचारका हुन्छन् । उनीहरूको प्रेम अक्सर सफल हुन्छ । सिंह राशि भएका मानिस आदर्श प्रेमी हुन्छन् । जीवनसाथी अथवा प्रेमी–प्रेमिकाप्रति उनीहरू इमानदार हुन्छन् । कन्या : कन्या राशि भएका मानिस ‘महान् प्रेमी’ बन्न सक्दैनन्, तर ‘असल प्रेमी’ भने बन्न सक्छन् । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । विपरीतलिंगीलाई आकर्षित गर्न उनीहरू खप्पिस हुन्छन् । परिवार र श्रीमतीप्रति निष्ठावान् भएकाले उनीहरूको वैवाहिक जीवन बलियो हुन्छ । प्रेममा शारीरिक सुखलाई मात्र प्राथमिकता नदिने उनीहरूको स्वभाव हुन्छ । तुला : तुला राशि भएकाहरू महान् प्रेमीको श्रेणीमा पर्छन् । उनीहरूले प्रेमको गहिराइ बुझेका हुन्छन् । एक्लै रहन मन पराउँदैनन् । दुःख परेका वेला साथीभाइ अथवा प्रेमी–प्रेमिकाबाट साथ खोज्ने उनीहरूको स्वभाव हुन्छ । उनीहरूको व्यक्तित्व आकर्षक हुन्छ । प्रेमलाई पवित्र बन्धन मान्ने स्वभाव उनीहरूमा हुन्छ । वृश्चिक : वृश्चिक राशि भएका मानिस विवाहअघि आदर्श प्रेमी हुन्छन् । प्रेमका निम्ति जस्तोसुकै त्याग गर्न पनि हमेसा तयार हुन्छन् । उनीहरू प्रेमप्रति पूर्ण इमानदार हुन्छन् । उनीहरूमा ईष्र्याभाव पनि बढी हुन्छ । उनीहरूलाई रोमान्टिक प्रेमीको श्रेणीमा राख्न सकिन्छ । धनु : धनु राशि भएका पे्रमी संवेदनशील र हँसिमजाक गर्ने खालका हुन्छन् । असल प्रेमी–प्रेमिका भए पनि लामो समयसम्म सम्बन्ध कायम राख्न भने उनीहरू असमर्थ हुन्छन् । जोडी फेरिरहने उनीहरूको स्वभाव हुन्छ । प्रेममा धोका पाएलगत्तै उनीहरू तुरुन्तै अर्को प्रेमको जोहो गरिहाल्छन् । मकर : मकर राशि भएका मानिस जिद्दी स्वभावका हुन्छन् । यस्तै स्वभावका कारण उनीहरूको पे्रम जीवनमा बारम्बार समस्या उत्पन्न हुने गर्छ । प्रेमिका अथवा जीवनसाथीलाई अधिक माया गरे पनि जिद्दी स्वभावका कारण उनीहरूको सम्बन्धमा खटपट परिरहन्छ । कुम्भ : कुम्भ राशि भएका मानिस बढ्ता भावुक हुन्छन् । दिमागबाट भन्दा बढी मनबाट परिचालित हुन्छन् । ‘मुडी’ हुने भएकाले उनीहरूको प्रेम चिरस्थायी हुँदैन । कुनै अपरिचितसँग पनि उनीहरू निःस्वार्थ प्रेम गर्न पुग्छन् । जीवनसाथीलाई आँखा चिम्लिएर विश्वास गर्ने स्वभाव उनीहरूमा हुन्छ । मीन : मीन राशि भएका प्रेमी बढ्ता भावुक हुन्छन् । विपरीतलिंगीप्रति उनीहरू छिट्टै आकर्षित हुन्छन् । मीन राशि भएका मानिसलाई मायामा पार्न सजिलो हुन्छ । उनीहरू अटुट सम्बन्ध कायम राख्न चाहन्छन् । धोका पाउनेमा यिनीहरू नै अगाडि हुन्छन् । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending