Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जो जीवितै हुँदा मृत्युको हल्ला चल्यो

\"\"हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ । झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन् । तर, यस्ता सूचना पत्याउनै गाह्रो पनि पर्न सक्छ किनकि, सामाजिक सञ्जालमा आउने सूचनाको कुनै आधिकारिकता नभएका घटना थुप्रै छन् । यस्तै, एउटा घटनाका रूपमा लिन सकिन्छ, जीवित अभिनेता–अभिनेत्रीको सामाजिक सञ्जालमा मृत्युको हल्ला चल्नु । आइतबार राति पनि त्यस्तै भयो । ट्विटरमा बलिउड अभिनेत्री फरिदा जलालको मृत्यु भएको अफवाह ट्रेन्ड भयो । आफ्नो मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्ड भएपछि फरिदाले एक पत्रिकालाई अन्तर्वार्तामा भनिन्, ‘पहिला त मलाई यो रमाइलो मात्र हो भन्ने लागेको थियो र म चुपचाप बसेँ । तर, केही बेरमै मेरो मोबाइल लगातार बज्न थाल्यो । र, म आफू जिउँदै छु भन्नुुपर्ने भयो ।’ यो अफवाह कसरी फैलियो भन्नेबारे फरिदालाई थाहा छैन । तर, हल्ला निकै चल्न थालेपछि फरिदा ट्विटर एकाउन्ट खोल्न बाध्य भइन् र पहिलो ट्विट लेखिन्– म यहाँ म जीवित छु भन्ने प्रमाणित गर्न आएको हुँ, मेरो मृत्यु भयो भन्ने अफवाह मात्र हो, गलत समाचार फैलाउनबाट रोक्नुस् ।तर, जीवित हुँदा नै मृत्युको हल्ला चलेको यो पहिलोपटक होइन । यसअघि बलिउड अभिनेता अमिताभ बच्चनको पनि मृत्यु भएको झुटो खबर फैलियो । त्यतिवेला उनले एउटा फिल्ममा गरेको मृत्युको अभिनयलाई उनको मृत्यु भएको प्रमाण भन्दै फैलाइएको थियो । पहिले सामाजिक सञ्जाल ह्वाट्सएपमा र त्यसपछि ट्विटरमा व्यापक हल्ला भएपछि अमिताभ बच्चन स्वयंले त्यसको खण्डन गरे । त्यस्तै, र्या‍प गायक हनी सिंहको मृत्युको हल्ला पनि यसअघि चलेको थियो । उनको मृत्यु एक्सिडेन्टका कारण भएको भनिएको थियो । तर, ट्विटरमै हनी सिंहले लेखे, ‘यो सब अफवाह हो, जुन मलाई मन नपराउनेहरूले फैलाएका हुन् ।’ त्यसो त यसअघि बलिउड स्टार दिलीपकुमार, लता मंगेसकर, आशा पारेख, माधुरी दीक्षितलगायतको पनि मृत्युको हल्ला चलिसकेको थियो । यस्तो हल्लाको ट्रेन्ड बलिउडमा मात्र होइन, हलिउडमा पनि निकै हुन्छ । जोनी डेप, अर्नाल्ड तथा लेडी गागाका मृत्युका यस्ता अफवाह यसअघि कैयौँपटक फैलिएका थिए । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: