Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

सुरुङ खनेर ३२ दिनमा जेल तोडियो

\"\"मकवानपुरको फाखेल–४ मा निम्नमध्यमवर्गीय किसान परिवारमा म जन्मिएँ । घरको खर्च खेपेर अध्ययनलाई निरन्तरता दिने स्थिति थिएन । त्यसैले गाउँकै विद्यालयमा ५ कक्षा पढिसकेपछि कामको खोजीमा भौतारिँदै म काठमाडौं छिरेँ । बाल्यकालीन त्यो उमेरमा मेरा लागि काठमाडौं बिल्कुलै विरानो थियो । के गर्ने, कसो गर्ने सोच्दै थिएँ, घुम्दै जाँदा त्रिपुरेश्वर पुगेँ । दशरथ रंगशाला निर्माण भइरहेको थियो, त्यहीँ बिहान–दिउँसो सुरु गरेँ ज्यामी काम । दरबार हाइस्कुलमा ६ कक्षामा भर्ना भएर बेलुकी अध्ययनलाई पनि जारी राखेँ । ९ कक्षा पढ्दै गर्दा चरम आर्थिक संकट आइलाग्यो । हातमुख जोर्नकै लागि अर्को काम खोज्नुको विकल्प थिएन । काम खोज्दै पोखरा पुगेँ, त्यहा एक वर्ष ट्रेकिङ एजेन्सीमा भरिया काममा समय बित्यो । धौलागिरि, माच्छापुच्छ्रे हिमाल ‘क्लाइम्बिङ’ गर्नेसँगको संगतपछि काठमाडौं फर्किएर पढाइलाई निरन्तरता दिएँ । भाग्य आउँदो रहेछ, काठमाडौं फर्किएपछि कोरिया–मैत्री संघमा सामान्य कर्मचारीको जागिर पाएँ । संघको कार्यालयमा त्यतिवेला कोरियन कम्युनिस्ट पार्टीसँग सम्बन्धित थुप्रै म्यागजिन आउँथे । नबुझे पनि म पाना पल्टाएर हेर्थें । कार्यालयसचिव प्रयागलाल श्रेष्ठ पुष्पलाल श्रेष्ठ समूहको कम्युनिस्ट पार्टीमा आबद्ध नेता हुनुहुँदो रहेछ । सानैदेखि अन्यायविरुद्ध लड्ने विद्रोही स्वभावको म उहाँको संगतले कम्युनिस्ट पार्टीतर्फ आकर्षित हुन थालेँ । उहाँले कम्युनिस्ट मुलुकहरू चीन, रुस, कोरियाका विषयमा बताउने गर्नुहुन्थ्यो । उहाँले नै मलाई माक्र्स र लेनिनका साथै माओत्सेतुङका विचारधारबारे दीक्षित गर्नुभयो । ००० ०२९ सालमा सिक्किमलाई भारतले विलय गराएको विरोधमा काठमाडौंमा विद्यार्थी आन्दोलन चर्कियो । जागिर र पढाइले गर्दा त्यसमा सक्रिय सहभागी हुन त सकिनँ, तर पनि समय मिलाएर सामेल हुन्थेँ । त्यसपछि नै विद्यार्थी नेताहरूसँग भेट बाक्लिन थाल्यो । ०३२ सालको अन्त्यतिर क्रान्तिकारी विचारधाराका विद्यार्थी अगुवाहरू प्रदीप नेपाल, माधव पौडेल, गोपाल शाक्यसँगको भेटपछि हामीले ‘मुस्लो समूह’ गठन ग¥यौँ । झोँछेको बाल विकास विद्यालयमा रातभर माक्र्सवादको ‘क्लास’ लिन्थ्यौँ । त्यही बीचमा तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले भारत भ्रमण गरेका थिए । राष्ट्रिय हितविरुद्ध सम्झौता गरेको भन्दै पर्चा निकाल्यौँ । पर्चा छरेको आरोपमा राजेन्द्र पाण्डेलगायतका साथीहरू पक्राउ पर्नुभयो । वैशाखसम्म पनि उहाँहरू रिहा हुनुभएन । त्यसैले प्रदीप नेपाल, म र माधव पौडेलले रिहाइका उपायबारे एउटा सल्लाह गर्‍यौँ– मे दिवसमा कडा पर्चा छापेर क्याम्पसहरूमा व्यापक बनाउने, अर्कै समूहले पर्चा छरेछ भन्ने कुराले साथीहरू रिहा हुनेछन् । ००० प्रदीप नेपालले ड्राफ्ट गर्नुभएको त्यो पर्चा कोरियन मैत्री संघको लिथो मेसिनबाट लुकिछिपी छाप्ने काम गरेँ । पर्चामा लेखिएको थियो– हत्यारा वीरेन्द्र मुर्दावाद, मे दिवस भव्य मनाऔँ । त्यो सहितका पाँचवटा नारा थिए, त्यसमा । त्यो पर्चा थुप्रै क्याम्पसमा छ्याप्छ्याप्ती छरिएपछि ठूलो हंगामा मच्चियो । प्रशासनले खोजी गर्न थालेपछि हामी लुकीछिपी बस्न थाल्यौँ । तर, ६ दिनमै बालाजुमा एकजना स्थानीय ज्यापूको करेसाबारीको छाप्रोबाट माधव पौडेल पक्राउ पर्नुभएछ । उहाँको गोजीमा पर्चा छर्ने ७० जनाको नाम भेटेपछि प्रहरीले मसहित अरू साथीलाई पनि समात्यो । झोँछेकोे युनाइटेड रेस्टुरेन्टमा भीमबहादुर तामाङले लेखेको पुस्तक सम्पादन गर्ने योजना बनाउँदै गर्दा इन्सपेक्टर (पछि आइजिपी) अच्युतकृष्ण खरेलले पक्राउ गरेर मलाई रत्नपार्कस्थित अञ्चलाधीश कार्यलयमा लगे । तीन महिनासम्म हिरासतमा राखेपछि पक्राउ परेका १४ जनाको हाम्रो टोलीलाई एक महिना म्याद थपेर राजकाज मुद्दा चलाइयो । राजकाजसम्बन्धी ऐनको ‘राजाको छोरी वा रानीलाई करणी प्रयास गरेको’ भन्ने दफा उल्लेख गरेर हामीलाई मुद्दा लगाइयो । हामीलाई १० वर्ष कैद र १० हजार जरिबानाको माग गरिएको थियो । ००० हामी हिरासतमै हुँदा झापाबाट नेता सिपी मैनाली र गौरा प्रसाईंलाई पक्राउ गरेर ल्याइएको थियो । सिपीलाई देख्नेबित्तिक्कै माथिल्लो तलाबाट ठूलो स्वरमा सिपी कमरेड ! लालसलाम भन्दै करायौँ । हिरासत थर्किने त्यो आवाजबाट आक्रोशित प्रहरीले हामीलाई पिट्न थाल्यो । जेलभित्रै ठूलै युद्ध होलाजस्तो वादविवाद भएपछि हामी १४ जनालाई सदरखोर डिल्लीबजार सारियो । तर, १६ दिनपछि केन्द्रीय कारागार र भद्रगोलमा बाँडेर राखियो । हामी भद्रगोल जेलमा थियौँ । त्यही बीचमा रेडियो नेपालले कमरेड माओत्सेतुङको निधन भएको खबर सुनायो । त्यो खबरले हामी निरास थियौँ । तर, सँगै रहेका ‘मुस्ताङ खम्पा विद्रोह’मा समातिएका ६-७ जना खम्पाहरू भने खबर सुन्नेबित्तिक्कै उफ्रिँदै ताली पिट्न थाले । हामीले रिस थाम्न सकेनौँ, खम्पाहरूलाई धमाधम भकुर्‍याै । प्रहरी आएर छुट्याएपछि भोलिपल्ट उनीहरूलाई सेन्टर जेल सारियो । त्यसको केही दिनमा सेन्टर जेल र भद्रगोल जेलबाट वामपन्थी जति सबैलाई नख्खु जेल सारियो । ००० नख्खुमा नरेश खरेलको नेतृत्वमा तत्कालीन कोअर्डिनेसन केन्द्रको जेल कमिटी थियो । तर, सिपीसहित हामी सबैलाई त्यहाँ लगिएपछि नेतृत्व फेरियो र सिपी कमरेड सचिव बन्नुभयो । खासमा हामीले त्यसअघि नै प्रतिक्रियावादीको जेलमा बस्दैनौँ, यसलाई युद्धभूमिमा परिणत गरिछाड्छौँ भन्ने बयान दिएका थियौँ । नख्खुमा सिपीसहित १७ जना भयौँ । उहाँको आगमनले हामीमा उत्साह भरियो । प्रहरीलाई दिएको बयान सम्झिँदै दिनहुँ सामूहिक राजनीतिक छलफल र बहस गर्न थाल्यौँ । बहसको निष्कर्ष थियो– प्रतिक्रियावादीको जेल कसरी तोड्ने ? तीन महिनाको छलफलपछि ०३३ माघसम्म जेलविद्रोह गरेर बाहिरिने निष्कर्ष निकाल्यौँ । हाम्रो निष्कर्ष थियो– जेल प्रतिक्रियावादीहरूको हो, उनीहरूले मुद्दा मात्र होइन फैसला पनि आफूअनुकूल गर्छन् । जसरी, खसी–बोकालाई कसाहीले माफी दिँदैन, हामीले पनि माफी पाउँदैनौँ, त्यसैले जेल ब्रेक गर्नुको विकल्प छैन । त्यसो त पार्टीले पनि जेलविद्रोह गर्नका लागि बाहिरबाट उत्प्रेरित गरिरहेकै थियो । ००० तर, जेल कसरी तोड्ने भन्नेमा हामीबीच नयाँ विवाद सिर्जना भयो । एउटा मत केही बलिदान गरेर भए पनि जेलको पर्खाल नाघेर बाहिरिनुपर्छ भन्ने थियो । मोहनचन्द्र अधिकारीलगायतले पर्खाल नाघेर भाग्ने मतको नेतृत्व गर्नुभयो । अर्को मत गेटमा प्रहरीलाई हमला गरेर भाग्ने भन्ने आयो । सुरुङ खनेर भाग्ने मतचाहिँ माधवजी र मैले गरेका थियौँ । गेटमा हमला गरेर जाने मतचाहिँ गोपाल शाक्य, भीष्म धिमाल र राजन राजवंशीले ल्याउनुभाथ्यो । सिपी तटस्थ हुनुहुन्थ्यो, तर सबैको कुरा सुनेर उहाँले पनि अन्तिममा सुरुङकै पक्षमा मत दिनुभयो । तर, उहाँको निर्देशन थियो– निष्कर्षमा पुग्नुअघि सबैले आ–आफ्नो प्रतिवेदन बुझाउनुस् । गेटबाट जानुपर्छ भन्ने साथीहरूले ३६ जना प्रहरी र ७० नाल राइफल भएको र ५ सय ३३ गोली भएको र जेलनजिक समर्थक नरहेको प्रतिवेदन बुझाउनुभयो । पर्खाल पार गर्नुपर्छ भन्नेहरूले मानिसभन्दा माथि दुई फिट अग्लो पर्खाल र त्यसमाथि पनि बिजुलीका नांगा तार रहेकाले करिब ५० प्रतिशतले बलिदान दिनुपर्ने स्थिति आउने प्रतिवेदन दिनुभयो । हामीले चाहिँ गोपनीयता कायम गर्न सकेको खण्डमा सुरुङ नै सुरक्षित हुने प्रतिवेदन दियौँ । ००० छलफल मात्रै भइराख्ने, तर काम कहिले सुरु गर्ने द्विविधाबीच माधव पौडेल र मैले ०३३ सालको फागुन १२ गतेबाट सुरुङ खन्ने काम थाल्यौँ । हामीलाई राखिएको ठीक तलतिरको खाली कोठामा खनेर माटो परीक्षण गर्‍यौँ । जमिन खन्दै जाँदा त्यो ठाउँ जेल बन्नुभन्दा पहिले टक्सार रहेछ भन्ने प्रमाणित भयो । किनकि, खन्दाखन्दै १८ इन्च लम्बाइ र ९ इन्च चौडाई भएका इट्टा भेटिए । चुनासुर्कीले जोडेर जमिनमा इट्टा छापिएको रहेछ । त्यो देखेर निर्णय नै नगरी सुरुङ खनेको भन्दै सिपी मैनालीलगायतका साथीले आलोचना गर्नुभयो । यद्यपि, इट्टाका जोर्नी घोटेर निकालेर मान्छे बाहिर निस्किने ‘साइज’को प्वाल निकालिसकेका थियौँ । प्वाल थुन्नका लागि भत्किरहेको झ्याल र काठ मिलाएर घर्रा जस्तो बनायौँ । जुन सार्नेबितिक्कै प्वाल बन्द हुन्थ्यो । माथितिर इट्टा राखेर खरायो पाल्न सुरु गर्‍यौंँ । खासमा ती सब काम प्रहरीलाई छल्नका लागि थियो । इट्टा झिकेर एक ठाउँ राख्थ्यौँ, काठ सारेर प्वाल खोल्थ्यौँ, अनि भित्र छिरेर धमाधम सुरुङ खन्थ्यौँ । ००० खन्दै जाँदा करिब–करिब २० ट्रिप जति माटो र ढुंगा निस्कियो । त्यसअघि, जेलभित्र कतै काँचो माटो देख्यो भने प्रहरीले पिट्नसम्म पिटेको देखेका थियाैँ । त्यसैले त्यो ढुंगा–माटो कसरी व्यवस्थापन गर्ने होला भन्ने आपत् आइलाग्यो । त्यसैले लुकाउनका लागि हामीले एउटा योजना बनायौँ । हामीले जेलमा एकदम रमाइलोसँग बस्न चाहेको सुरुमै जेल प्रशासनलाई भान पार्‍यौँ । जेलको बाहिरतिरको बाटोमा इट्टाको बुट्टा भर्ने, फूलको बिरुवा रोप्ने, गिटी छाप्ने काम गर्न थाल्यौँ । सबैजना त्यसै बस्छन्, तर कम्युनिस्टहरू काम गर्छन्, मिहिनेती छन् भन्ने देखाएर जेल प्रशासनलाई मख्ख बनायौँ । खासमा त्यो काम हामीले माटो लुकाउनका लागि गरेका थियौँ । बेलुकी ४ बजे जेलमा चामल आउँथ्यो, चामल आयो भन्ने ठूलो आवाज आउनेबित्तिकै सबै लाइन लागेर चामल थाप्न जान्थे, तर हाम्रोतर्फबाट सानो मेसको भन्दै एकजना मात्रै जान्थ्यौँ । त्यही मौकामा खाल्डो पारिएको ठाउँमा जिरा र चामलको बोरामा माटो ल्याएर भथ्र्यौं । माथितिर ग्राभेलजस्तो बिछ्याएर राम्रो पाथ्र्यौं, गजब राम्रो देखाउँथ्याैँ, काम सकिएपछि नुहाउँथ्यौँ । खाना खाइसकेपछि राति फेरि सुरुङ खन्न जान्थ्यौँ । ००० दुईजनाले सुरुङ खन्दै गर्दा एकजनाचाहिँ खरायो पालेको ठाउँमा मुख देखिनेगरी बस्थ्याैँ । माथि सुत्ने कोठाको झ्यालबाट पारि जेलको पर्खालमा प्रकाश जान्थ्यो, त्यो झ्यालमा प्रदीप नेपाल बसेर गीत गाउने, गितार बजाउने गर्नुहुन्थ्यो । तर, त्यो गीतले सुरुङ खन्ने काममा अनेक सन्देश दिन्थ्यो । जब उहाँले ‘कमरेड–कमरेड ! हामी एक्लै छैनौँ, साम्राज्यवादको ध्वंशको युगमा, माओत्सेतुङको ध्वंशको युगमा हामी छौँ, होओओ, हामी एक्लै छैनौँ’ भन्ने गीत गाएपछि निर्धक्क काम गर भन्ने अर्थ लाग्थ्यो । हामी त्यसै गथ्र्यौं । ‘उठ..जाग’ भन्ने गीत गाएपछि खतरा देखियो, तुरुन्त बन्द गर भन्ने अर्थ लाग्थ्यो । हामी त्यसै गथ्र्यौं । ‘पूर्व रातो भयो सूर्य उदायो, चीनले पृथ्वीलाई माओत्सेतुङ दियो’ भनेपछि अब काम सुरु गर, खतरा छैन भन्ने अर्थ लाग्थ्यो । हामी सोहीअनुसार काम सुरु गथ्र्यौं । झ्यालमा बसेर गीत गाउन भ्याउनुभएन भने उहाँले ऐया ! गर्दै जिउ तन्काउँदा पारिपट्टि भित्तामा छायाँ देखिन्थ्यो र खरायोनेर बस्ने व्यक्तिले सुरुङभित्र लगेको बत्ती झ्याप्प निभाउँथ्यो, त्यसपछि हामी खन्ने काम छाडेर फर्किन्थ्यौँ । काम सुरु गरेको ३२ दिनमा सानो प्वाल बाहिर निकाल्यौँ । नख्खुमा हामीलाई राखिएपछि सुरुदेखि नै सुरक्षा व्यवस्था कडा थियो । जेल तोड्ने खतरा देखेपछि चारवटा बुर्जाबाट बढाएर ६ वटा बुर्जामा प्रहरी तैनाथ गरिएको थियो । सुरुङ खन्लान् भन्ने लागेर प्रहरीले दुईतिर फक्स लाइट पनि राखेको थियो, त्यो लाइटले जेलको पारिपट्टिको आलुबारी प्रस्टैसँग देखिन्थ्यो । ३२औँ दिनको बिहान ३ बजे सुरुङ खनिसकेपछि कसरी बाहिरिने भन्ने योजना बन्यो । त्यही दिन अर्थात् चैत १२ गते राति बाहिरिने निर्णय लिएर खर्चको चाँजोपाँजो, बाहिरिने क्रममा जिम्मेवारी बाँडफाँड, बाहिरिइसकेपछि सम्पर्कलगायत सबै योजना बनायौँ । राति ९ बजे जेलबाट सुरुङ हुँदै निस्कियौँ । सबैले बलिदान गरेर भए पनि नेतृत्व सिपी मैनालीलाई बचाउनुपर्छ भन्ने भएकाले उहाँलाई बाहिर निकाल्ने जिम्मेवारी माधव पौडेलले लिनुभयो । सुरुङमा पस्नेबितिक्कै बिजुली निभाउने जिम्मा नारद वाग्ले र अशोक न्यौपानेलाई दिइएको थियो । मलाईचाहिँ बाहिरिने क्रममा प्रहरी आयो भने प्रतिवाद गरेर पनि बाहिरिनका लागि सुरुङको अन्तिम मुखको भित्तामा फलामको रड लिएर बस्ने जिम्मेवारी थियो । तर, सुरुङको मुखमा पुग्नेबितिक्कै बत्ती झ्याप्प निभ्यो । हामीले सोच्यौंँ साथीहरूले निभाएका हुन् । तर, खासमा असिना र हुरीले निभेको रहेछ । त्यही मौकामा माधव सुरुङभित्र छिरेर बाहिर निस्किए, तर सिपीले मुन्टो छिराउँदानछिराउँदै बत्ती फेरि बलिहाल्यो । आलुबारीमा प्रकाशले छायाँ देखिने डरले बाहिरिन लाग्दा हामीबीच असामान्यजस्तो स्थिति आइलाग्यो । तर, दोस्रो प्रयासमा बत्ती निभ्यो । अन्तिममा सफलता प्राप्त गरेर हामी सबै बाहिरियौँ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy