फाल्गुन १७ गते, २०७३ मगलवार 28th February, 2017 Tue०६:३०:४७ मा प्रकाशित
काठमाडौं, १७ फागुन ।अन्तर्राष्ट्रिय तथा रणनीतिक मामिलाका विज्ञले दक्षिण एसियामा उग्रवादको खतरा बढ्दै गएको बताएका छन् । उग्रवादतर्फ युवाको आकर्षण बढेको उनीहरूको भनाइ छ ।
आजको नयाँ पत्रिकामा खबर छ– सेन्टर फर साउथ एसियन स्टडिजद्वारा सोमबार आयोजित सेमिनारमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, र मालदिभ्सका विज्ञले उग्रवादको खतरा औँल्याएका हुन् । विकराल बन्न लागेको यो समस्या समाधान गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा रणनीति बनाउनुपर्ने उनीहरूको सुझाब छ ।
भारतीय सेनाका पूर्वमेजर जनरल दीपंकर बनर्जीले दक्षिण एसियाका युवामा उग्रवादीकरणको गम्भीर असर देखिन थालेको बताए । ‘यो क्षेत्रमा आतंकवादमार्फत उग्रवादतर्फ युवाको आकर्षण बढेको देखिएको छ,’ बनर्जीले भने, ‘अशिक्षा तथा गलत शिक्षा प्रणाली, धर्म र संस्कृतिको प्रभाव, पाकिस्तान र अफगानिस्तानमा यो समस्या विकराल देखिएको छ ।’ उनले समाजमा हिंसा तथा हिंसात्मक सोचको निर्मूल गर्नुपर्ने पनि बताए ।
अफगानिस्तानको विदेश मन्त्रालयअन्तर्गतको सेन्टर फर स्ट्राटेजिज् स्टडिजका महानिर्देशक डा. फरामार्ज तमन्नाले दक्षिण एसियाका युवा जोखिमपूर्ण अवस्थामा रहेको बताए । ‘ऐतिहासिक भूराजनीतिक पृष्ठभूमि, सामाजिक अन्तरविरोध, गरिबी, नकारात्मक चिन्तनका कारण युवाहरू उग्रवादी भइरहेका छन्,’ तमन्नाले भने, ‘यो जटिल विषय भएकाले सामना गर्न त्यहीअनुसारको रणनीति तय हुनुपर्छ ।’
श्रीलंकाको रक्षा मन्त्रालयअन्तर्गतको इन्स्टिच्युट अफ नेसनल सेक्युरिटी स्टडिजका महानिर्देशक असंगा अबेयागुणेसेकेराले आफ्नो देशको सरकारले अलगवादी आन्दोलनमा लागेका पूर्वलडाकुलाई पुनस्र्थापनको प्रयास गरिरहेको बताए । श्रीलंकाकै लक्ष्मण कादिरगामर इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्स एन्ड स्ट्राटेजिक स्टडिजका रिसर्च एसोसिएट अनिस्का डिज्याल्भाले श्रीलंकामा युवाहरू उग्रवादीबाट सामान्य जीवनमा फर्किन थालेको जानकारी दिइन् । युद्धमा सहभागी भएका लिट्टेसमर्थित ११ हजार पूर्व लडाकुलाई शिक्षा, तालिम, सकारात्मक चिन्तन, मनोवैज्ञानिक परामर्श, सामाजिक–सांस्कृतिक प्रशिक्षण दिइएको उनले बताइन् । उग्रवादीकरणको समस्या एउटा देशको मात्र नभएको उल्लेख गर्दै उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपबाटै समाधान खोज्नुपर्ने औँल्याइन् ।
बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेक्युरिटी स्टडिजका रिसर्च फेलो सफ्कत मुनिरले इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगका कारण युवा उग्रवादतर्फ आकर्षित भएको बताए । फेसबुक, ट्विटर, युट्युबलगायतको दुरुपयोग भएको उनको भनाइ थियो । उनका अनुसार सन् २०१६ मा बंगलादेशमा फेसबुक प्रयोगकर्ता दुई करोड र ट्विटर प्रयोगकर्ता पाँच लाख छन् । ‘इन्टरनेटमार्फत युवाहरू आफैँ उग्रवादतर्फ आकर्षित भएका छन्,’ मुनिरले भने ।
बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिजका रिसर्च फेलो आशिक रहमानले युवाहरू उग्रवादी क्रियाकलापमा सहभागी र सिकार दुवै भएको बताए । तर, बंगलादेशमा कानुन कार्यान्वयन गर्ने निकाय र सरोकारवालाबीच समन्वय नभएको उनको भनाइ थियो । ‘उग्रवाद नियन्त्रण गर्ने उपाय छैन, न्यायिक प्रक्रिया बलियो छैन,’ उनले भने, ‘सुरक्षा निकायको यसमा क्षमता अभिवृद्धि हुन सकेको छैन ।’
जेनेभाका लागि पूर्वनेपाली राजदूत डा. शम्भुराम सिंखडाले भोको पेट र असन्तुष्ट दिमाग रहेसम्म युवा उग्रवादतर्फ आकर्षित हुने बताए । पहिचानको राजनीतिका नाममा पनि यसले स्थान पाएको उनको भनाइ थियो ।
जम्मुस्थित सेन्ट्रल युनिभर्सिटीका नेसनल सेक्युरिटी स्टडिज डिपार्टमेन्ट प्रमुख डा. मल्लिका जोसेफले दक्षिण भारतका युवा आइएसआइएसतर्फ आकर्षित भएको तथ्यांक सार्वजनिक गरिन् । ‘केरला, तामिलनाडुलगायतका युवाहरू साउदी अरबलगायत खाडी मुलुकमा रोजगारी गर्न गएका छन्, त्यहाँबाट फर्केका युवाहरू आइएसमा भर्ती हुन थालेका छन्,’ डा. जोसेफले भनिन्, ‘वैदेशिक रोजगारबाट रेमिट्यान्स मात्र नभएर उग्रवादी विचार पनि भित्रिएको छ । इन्टेलिजेन्स ब्युरोको रिपोर्टअनुसार एक सय ५० जना युवाको आइएससँग लिंक छ, तीमध्ये ९० जना केरलाका छन् ।’
पाकिस्तानको काइद ए आजम युनिभर्सिटीको डिपार्टमेन्ट अफ डिफेन्स एन्ड स्ट्राटेजिज्की सबाना फयाजले पाकिस्तानका युवामा पनि रेमिट्यान्सका कारण अरब देशहरूबाट उग्रवादीकरणको प्रभाव परेको बताइन् । उनले भनिन्, ‘दक्षिण एसियामा खुला बहस हुँदैन, जबर्जस्त माइन्डसेट तयार गरिएको छ, युवाहरू उग्रवादतर्फ आकर्षित हुनुको कारण यो पनि हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: