Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अभियुक्त छुटाउन पूर्वमन्त्री पुगेपछि...

[caption id=\"attachment_122507\" align=\"alignleft\" width=\"450\"]\"\" पूर्व अर्थराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी[/caption] भैरहवा, २ चैत । स्कुटर जलाउँदै युवकमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई छुटाउन सांसद तथा पूर्वमन्त्री नै जिल्ला प्रशासन पुगेका छन् । फागुन २९ गते रुपन्देहीको बेथरी नजिकै रमुवापुरमा सिद्धार्थनगर–९, अन्नपूर्णटोल बस्ने शौरभ गुरुङको स्कुटर जलाउदै उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट उनको वायाँ हातको औँला भाँचिएको छ भने शरीरमा गम्भीर प्रकृतीका चोटपटक लागेका छन् । स्कुटर जलाउने तथा कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालयले गोनाहा गाविसका वसिउद्दिन खाँ, नमामुद्दिन मुसलवान, कम्हरिया–९, का राजकुमार यादव र करौता–का जमालउद्दिन मुसलवानलाई नियन्त्रणमा लिएको थियो । दाईको विहेमा जन्ती हिँडेका सौरभलाई मोर्चाका कार्यकर्ताले कुटपिट गर्दै लु १५ प ७५५८ नम्बरको स्कुटर जलाएका थिए । आगोमा फाल्न खोज्दा भागेर प्रहरीचौकी वेथरी पुगेको उनले बताए । गुरुङले दिएको जाहेरीको आधारमा प्रहरीले अभियुक्त पक्राउ गरेको हो । पक्राउ परेकामध्ये वसिउद्दिन खाँ संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन् । [caption id=\"attachment_122509\" align=\"alignleft\" width=\"750\"]\"\" पिडित सोरभ गुरूङ[/caption] प्रहरीले सार्वजनिक अपराध अन्तर्गतको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरी अनुसन्धान जारी रहँदा विभिन्न नेताहरुले अभियुक्तलाई छाड्नका लागि दवाव दिएका हुन् । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, रुपन्देही प्रहरी प्रमुख रविन्द्र धानुकलाई टेलिफोन तथा भेट मार्फत पक्राउ परेकालाई छाड्न दवाव दिइएको हो । सांसद जन्नत्तुन निसा धुनिया, पूर्व अर्थराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी लगायतको टोली मंगलवार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलय पुगेर पक्राउ परेकालाई छाड्न आग्रह गरेका थिए । \"\"संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले पीडित सौरभलाई टेलिफोन गरी मुद्धा फिर्ता लिन दवाव दिएको सौरभले बताए । ‘भैरहवा बस्नु छ भने मुद्धा फिर्ता लेउ’ भन्दै फोन गरेको सौरभले जनाए । उनीसँगै जन्त हिँडेका सुरज पुन, विवेक न्यौपाने र हुमबहादुर कनौजेले भने भागेर ज्यान बचाएका थिए । प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले कुन पदको व्यक्ति हो भन्नुभन्दा अपराध गर्नेलाई कानुन अनुसार कारबाही हुने बताए । ‘नेताहरुले छाड्न भने पनि कानुन अनुसार कारबाही हुन्छ’, उनले भने । नियन्त्रणमा रहेकाहरुलाई अनुसन्धानका लागि म्याद थपिएको उनले बताए । घटनास्थलमा पुगेका रुपन्देहीका प्रहरी प्रवत्ता वेलवहादुर पाण्डेले आपराधिक तरिकाले युवामाथि आक्रमण भएको बताए । उनका अनुसार पीडकको शरीरभरी बासका भाटा र फलामको रड प्रहारबाट चोट लागेको छ । रुपन्देही प्रहरी प्रमुख रबिन्द्र धानुकले पिडकलाई कारबाही गरिने बताए । ‘अपराध गर्नेलाई कानुनी दायरामा ल्याइन्छ, कसैले कही भन्दैमा छुट्दैन, उनले भने । यता वसीउद्धिन खां लाई प्रहरीले थुनेको भन्दै मधेसी मोर्चाले विभिन्न शक्ति केन्द्र मार्फत प्रहरी र प्रशानलाई दबाब दिएको छ । मोर्चाले खां लाई छाड्न नमान्ने प्रहरी प्रमुख र सिडिओलाई सरुवा गर्न गृहमन्त्री समक्ष लबिंग समेत गर्न थालेको बुझिएको छ । सो सम्बन्धमा प्रहरी प्रमुख धानुकले भने ‘दबाब आउनु स्वाभाविक हो । हामीले यसलाई अन्यथा लिएका छैनौं तर अपराध र राजनिती फरक पाटो हुन् । यो नितान्त अपराधिक घटना हो । अपराधमा संलग्न जुनसुकै पदमा भएपनि त्यसलाइ छाडिन्न ।’ संघीय समाजवादी फोरमले बन्दको अवज्ञा गरेकाले मोटरसाइकलमाथि आगजनी भएको भन्दै अपराधिक गतिविधिमा जोड्न नहुने बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy