चैत्र ५ गते, २०७३ शनिवार 18th March, 2017 Sat०९:०१:०० मा प्रकाशित
साइत, कुण्डली, जोखाना, पूजाआजा, भाग्य, ग्रहदशाजस्ता कुरामा विश्वास गर्ने फिल्म स्टार थुप्रै छन् । नेपाली मात्र नभई चर्चित भारतीय फिल्म स्टार पनि ज्योतिषका कुरामा विश्वस्त हुने गरेको पाइन्छ ।
बलिउडमा केही कलाकार यतिसम्म अन्धविश्वासी छन् कि उनीहरू ज्योतिषलाई नहेराई घरबाहिरै निस्किँदैनन् ।सफलता चुमेका स्टार पनि त्यसको जस ग्रहदशा र ज्योतिषलाई दिन्छन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– भारतीय अनलाइन मिडियाले केही सेलेब्रिटीको ज्योतिषप्रतिको लगाब र विश्वासबारे रिपोर्ट तयार गरेका छन् ।
ब्रास्लेट छोड्दैनन् सलमान
सलमान खान आफ्ना फिल्म इदमा प्रदर्शन गर्न मन पराउँछन् । आफू अभिनीत ‘वान्टेड’, ‘दवंग’जस्ता फिल्म इदमा रिलिज गरिनाले सुपरहिट भएको विश्वास उनलाई छ । त्यसैले उनी हरेक साल इदमा आफ्ना फिल्म रिलिज हुनुपर्ने मान्यता राख्छन् । यसबाहेक उनी आफ्ना बाबुले दिएको निलो पत्थरयुक्त ब्रास्लेट कहिल्यै छुटाउँदैनन् । उनी सो ब्रास्लेटलाई आफ्नो ‘लक्की चार्म’ मान्छन् ।
निलमको औँठी र दुवै हातमा घडी
अभिताभ बच्चन टिम इन्डियाको क्रिकेट म्याच कहिल्यै लाइभ हेर्दैनन् । उनी सधैँ रेकर्डेड म्याच मात्र हेर्छन् । जब आफू लाइभ म्याच हेर्न बस्यो, विकेट झर्न सुरु हुन्छ र टिमले म्याच हार्छ । यस्तो धेरैपटक भएकाले अमिताभले रेकर्डेड गेम हेर्न थालेका हुन् । यति मात्र होइन, उनी निलम पत्थरवाला औँठीमा पनि निकै विश्वास गर्छन् । जब उनी आफ्नो कम्पनी एबिसिएलबाट टाट पल्टिए, त्यसपछि उनले सो औँठी लगाउन थालेका हुन् । औँठी लगाएपछि आफूले कौन बनेगा करोडपति पाएको विश्वास उनको छ । कौन बनेगा करोडपतिपछि अमिताभले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी दुवै हातमा घडी बाँध्छन् । त्यो उनका लागि भाग्यशाली भइरहेको छ रे । यसबाट पनि उनी निकै अन्धविश्वासी छन् भन्ने पुष्टि हुन्छ ।
डिसेम्बर लक्की मान्छन् आमिर
आमिर खान आफ्ना लागि डिसेम्बर महिना भाग्यशाली मान्छन् । पछिल्लो केही वर्षयता उनका धेरैजसो फिल्म डिसेम्बरमा रिलिज भएका छन् । र, ती सबै फिल्म सुपरहिट भएका छन् । ‘तारे जमिन पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, ‘धुम ३’ डिसेम्बर महिनामा रिलिज भएका थिए । आमिरको बारेमा डिसेम्बर महिना यतिसम्म महत्वपूर्ण मानिने गरिएको छ कि उनले कान्छी पत्नी किरण रावसँग बच्चा जन्माउने सल्लाह पनि डिसेम्बरमा गरेका थिए ।
सिँढीमुनि हिँड्दैनन् गोविन्दा
एक समयका चर्चित अनि सफल हिरो गोविन्दा निकै अन्धविश्वासी छन् । उनी ज्योतिषको सल्लाहविना घरबाट बाहिरै निस्किँदैनन् । गोविन्दाको यस्तो अन्धविश्वासदेखि मुम्बई पुलिस पनि हैरान भएको छ । गोविन्दाको सुरक्षामा १९ पुलिस खटिएका छन् । तर, उनीहरू कुनैको पनि आफूसँग कुण्डली नमिलेकाले ज्योतिषको सल्लाहअनुसार गोविन्दाले ती पुलिस फेरिरहेका छन् । गोविन्दा सिँढीतलबाट हिँड्न अशुभ मान्छन् । उनी हत्तपत्त त्यस्ता ठाउँमा जाँदैनन् ।
फिल्म रिलिजअघि सिद्धिविनायक दर्शन
अभिनेत्री दीपिका पादुकोणले आफ्नो हरेक फिल्म रिलिजअघि मुम्बईस्थित सिद्धिविनायक मन्दिरको दर्शन गर्ने गरेकी छिन् । आफूले सो मन्दिर दर्शन गर्नाले फिल्म हिट हुने गरेको विश्वास उनको छ ।
के अक्षरमा एकताको मोह
एकता कपुर आफूलाई अन्धविश्वासी मान्दिनन् । तर, उनी आफ्ना हरेक फिल्म र टेलिफिल्मको नाम के अक्षरबाटै राख्ने गर्छिन् । उनी आफूलाई के अक्षर निकै फापेको विश्वास गर्छिन् । यति मात्रै होइन, उनी स्क्रिप्ट सुन्नुअघि साइत हेराउने गर्छिन् । उनी आफू अध्यात्ममा र अंकज्योतिषप्रति विश्वस्त भएकोे स्विकार्छिन् ।
रणवीरको घाँटीमा कालो धागो
रणवीर सिंह प्रायः बिरामी परिरहन्थे । औषधि उपचार गर्दा पनि निको नभएपछि आमाले ज्योतिषलाई हेराइन् । ज्योतिषले रणवीरको घाँटीमा एउटा कालो धागो बाँध्नुपर्ने बताए । आमाले बाँधिदिएको त्यो कालो धागो रणवीरको घाँटीमा कहिल्यै छुट्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: