Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायांकन ४५ दिनमा सकिएको निर्माणपक्षले जनाएको छ।

चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको हो। ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन्। यो उनको डेब्यू निर्देशन हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका लेखक र सम्पादक समेत निर्देशक सिंह स्वयं हुन्।

चलचित्रले सुदूरपश्चिमको सामाजिक परिवेश र कथालाई केन्द्रमा राखेर तयार गरिएको निर्देशक सिंहले बताएका छन्। ‘हन्टर’ एक्सन इन्टरटेनर हुने र वास्तविक पात्रको कथाबाट प्रेरित भए पनि त्यसलाई फिक्सनाइज गरेर प्रस्तुत गरिएको उनको भनाइ छ।

चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री रहेका छन्। साथै प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको पनि अभिनय रहेको छ।

कृष्ण थापाको छायांकन (डीओपी) रहेको चलचित्रमा एक्सन निर्देशन शुक्रराज शाहले गरेका छन्। विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको यस चलचित्रमा संगीत बाबुल गिरीले दिएका छन्।

चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माताको जिम्मेवारी रोयल भिमसेनले सम्हालेका छन्। ममता सिंह, गोविन्द राज रोक्का र राज ए. भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माताको रूपमा छन्।

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन। पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सम्पन्न भएपछि मात्र प्रदर्शन मिति सार्वजनिक गरिने निर्देशक सिंहले जानकारी दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

कांग्रेस संकटमा नयाँ मोड: प्रतिनिधिसभा टिकटमा अर्कैको हस्ताक्षर गर्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको बैठक निष्कर्षविहीन रूपमा सकिएको छ। सभापति ...

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन...

सिन्धुलीको ध्याङलेखबाट बैंक लुट्ने चार जना पक्राउ

काठमाडौं । सिन्धुली । नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई ...

काठमाडौंको तापक्रम २.३ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्ने क्रममा छ । तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ ।  काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending