Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

खबरडबली संवाददाता

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने उदेश्यसहित यो कार्यविधि ल्याइएको हो ।

अब सेन्सरले फिल्मको सेन्सर गर्दा कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरणमा जोड दिनेछ । कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय समेटिएको छ । जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरि चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ ।’

यसै बुँदाको क, ख ग र घमा फिल्मको वर्गीकरण गरिएको छ ।

चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धि कार्यविधि २०८२’ ल्याइएको सेन्सर बोर्ड सदस्य कुबेर गिरीले बताए । सेन्सर बोर्डमा अहिले अध्यक्ष, विज्ञदेखि सबै समितिका सदस्य नयाँ भएको र फिल्मको सेन्सर समेत नयाँ तरिकाबाट हुँदै आएको गिरीको भनाई छ ।

‘हाम्रो टिम आएदेखिनै फिल्मको सेन्सरमा सहज गर्दै आएका छौँ’, गिरीले भने ‘सेन्सरमा कैची होइन, वर्गीकरणमा जोड दिइन्छ ।’ पछिल्लो समय कुनै पनि फिल्ममा सेन्सरले कैची नचलाएको गिरीले दाबी छ ।

‘आफ्नो फिल्म कस्तो बन्छ भनेर निर्माता निर्देशकलाई स्क्रिप्ट देखि नै थाहा हुन्छ । तर उहाँहरु एकथरी फिल्म ल्याएर एकथरी सर्टिफिकेट माग्नुहुन्छ ’, गिरीले भने ‘हामीले जस्तो फिल्म त्यस्तैबर्गिकरण भन्दा आफै फिल्मको यो योे सिन हटाउछु भन्दै काटेर ल्याउनु हुन्छ ।’ सेन्सर सर्टिफिकेट पाएपछि बाहिर गएर सेन्सर काट्यो भनेर हल्ला फिजाउने गरेको गिरीले सुनाए ।

समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ मा पुसदेखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८२’ को सातौँ  बुँदामा रहेको ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’लाई पनि हटाएको छ ।

केहीअघि ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’का केही बुँदामा विवादित बनेपछि समितिले नयाँ कार्यविधि ल्याएको हो ।

समितिको नयाँ कार्यबिधिले पनि सेल्फ सेन्सर पद्धतिलाई जोड दिएको छ । फिल्मकर्मीलाई सेन्सर गर्न सजिलो होस् भनेर स्वयंले जाँच गर्ने (सेल्फ सेन्सर) पद्धतिअगाडि बढाइएको हो । त्यसका लागि बोर्डले एउटा फारमको समेत व्यवस्था गरेको छ । जसबाट चलचित्रकर्मीले आफ्नो फिल्ममा सेन्सरबाट देखिने त्रुटि आफैंले पत्ता लगाउन सक्नेछन् । सेल्फ सेन्सर अन्तर्गत रहेर चलचित्रकर्मीले आफ्नो फिल्म बुझाउँदा फिल्म सेन्सर सहज हुने र चलचित्रकर्मीले व्यहोर्नुपर्ने विभिन्न झन्झटबाट मुक्त भई सेन्सर बोर्ड र चलचित्रकर्मी दुवैको समय बचत बोर्ड सदस्य गिरीले जानकारी दिए ।

‘सेल्फ सेन्सर पद्धती अघिबढेसँगै पछिल्लो समय फिल्म सेन्सर गर्ने फिल्मकर्मीले सहजमहसुस गरेका छन्’, गिरीभन्छन् ‘यसले सेन्सर बोर्ड र चलचित्रकर्मीलाई अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाबाट मुक्त गर्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending