त्यसोत हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाले बौद्ध, किराँत र क्रिश्चियन धर्मको पनि संरक्षण गर्ने बताइएको छ । घोषणापत्रमा मठ, मन्दिर, मस्जिद र चर्चको संरक्षण र सञ्चालन गर्ने बताइएको छ । विद्यालयको पाठ्यक्रममा आध्यात्मिक र नैतिक शिक्षालाई प्राथमिता दिनेछ ।१० बर्षमा प्रतयेक नगरपालिकामा आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ बनाउने घोषणापत्रको शुरुमै उल्लेख गरेको छ । जनताको आधारभुत आवश्यकता परिपूर्ती गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने संकलप बोकेको उल्लेख छ । उक्त घोषणापत्रमा भनिएको छ ‘राप्रपाले चुनाव जितेको गाउँ र नगर नमुनालायक रुपमा स्थापित गर्छौं ।’ राप्रपाले चुनाव जितेको गाउँ र नगरमा पृथ्वीनारायण शाहको तस्विर अनिर्वाय रुपमा राख्ने बताएको छ । राप्रपाले लोभलालच र भ्रम सिर्जना गरेर संगठित र जबरजस्ती धर्म पर्वितन नगराउने बताइएको छ । उसले गौहत्यालाई पूर्ण रुपमा निषेध गर्ने उल्लेख छ । त्यसोत हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाले बौद्ध, किराँत र क्रिश्चियन धर्मको पनि संरक्षण गर्ने बताइएको छ । घोषणापत्रमा मठ, मन्दिर, मस्जिद र चर्चको संरक्षण र सञ्चालन गर्ने बताइएको छ । विद्यालयको पाठ्यक्रममा आध्यात्मिक र नैतिक शिक्षालाई प्राथमिता दिनेछ । त्यस्तै राप्रपाले प्रत्येक गाउँ र नगरमा छात्रवृत्ति दिएर जेहेन्दर विद्यार्थी मध्येबाट डाक्टर र इन्जिनियर एक/एक जना पढाउने उल्लेख छ । तर उक्त विषय पढ्न पठाएको व्यक्तिलाई विभिन्न सर्त राप्रपाले राखेको छ । ति व्यक्ति अध्ययन सकेर फर्किएपछि गाउँ र नगरको अस्पतालमा कम्तिमा पाँच बर्ष काम गर्नुपर्ने सर्त उल्लेख छ । चुनाव भएको मितिले एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक सर्वेक्षण गरेर आर्थिक अबस्था सुधार गर्नेछ । जसनुसार पाँच बर्षभित्र पाँच प्राथमिकता प्राप्त क्षेत्रको सुविधा दिने र दश बर्षभित्र सबैलाई गरिबीको रेखा भन्दा माथि उठाईने उल्लेख छ । राप्रपाले एक परिवारको एक जनालाई रोजगारको अवसर दिने बताइएको छ । राप्रपाकाे घाेषणापत्र हेर्नुहाेस
प्रतिकृया लेख्नुहोस्: