Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध महाअभियोग दर्ता, स्वत निलम्बित

\"\"काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रियामा प्रधान न्यायाधिश सुशिला कार्की विवादमा तानिएकी थिइन । कार्कीले प्रहरी महानिरीक्षकका दावेदार डिआइजी नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको नक्कली फाइललाई मान्यता दिएको भन्दै सरकार र सर्वोच्च अदालतबीच विवाद चुलिएको थियो । कांग्रेस र माओवादी केन्द्रका २ सय ५९ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो । महाभियोग प्रस्ताव दर्ता गराउन कांग्रेस सांसद मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतलगायतका सांसद संसद सचिवालय पुगेका थिए । अाइतबार दिउँसो सत्तारुढ दलका सांसदहरुले संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावमा प्रधान न्यायाधीश कार्कीले प्रहरी ऐनअनुसार प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको, डिआइजी नवराज सिलवालको कार्य सम्पादन फाइल नक्कली भएको प्रमाणित हुँदा पनि सदर गरेको, स्वतन्त्र न्याय प्रणालीलाई प्रभावित गर्न १९ जना न्यायाधीश हुँदाहुँदै पनि पटकपटक आफू अनुकूलका न्यायाधीशहरुको मात्रै इजालास खडा गरेको, न्यायाधीशहरुलाई आफ्नो स्वार्थ अनुकूलको फैसला गर्न दवाव दिने गरेको र त्यसले स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता र नेपालको न्यायालयको गरिमामाथि गम्भीर आँच पुगेको कुरा उल्लेख छ । कार्य सम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नवराज सिलवालभन्दा अगाडि भएपछि सिलवालले नक्कली कार्य सम्पादनको फाइल पेश गरेको सरकारले बताएको छ । तर, कार्कीले नक्कली कार्य सम्पादन मूल्याङ्कन नम्वर भएको प्रमाणित हुँदासमेत सिलवालको फाइल सदर गर्न दवाव दिएको प्रस्तावक सांसदहरुले बताए । महाअभियोग प्रस्ताव पेश गर्नेमध्येका एक सांसद भन्छन्, प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार अदालतको होइन, यो सरकारको क्षेत्राधिकारको कुरा हो । त्यसमा प्रधान न्यायाधीशबाट क्षेत्राधिकार मिचेर हस्तक्षेप भयो, प्रहरी अधिकृतहरुको कार्य सम्पादन र नियुक्तिको अधिकार पनि अदालतलाई छैन, अझ किर्ते कागज सदर गरिएको छ, त्यो पनि न्यायाधीशहरुलाई अनुचित दवाव दिएर । स्वतन्त्र न्यायपालिकाको गरिमा र विश्वव्यापी प्रचलनविरुद्ध गरिएका गतिविधि हामीले चुपचाप सहन सकेनौं र महाअभियोग प्रस्ताव दर्ता ग¥यौं ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending