Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता अाज

\"\"काठमाडौँ, २० जेठ । नयाँ प्रधानमन्त्री चयनका लागि अाज (शनिबार) उम्मेद्वारी दर्ता हुँदैछ । विहान ११ बजेदेखि ४ बजेसम्म व्यसवस्थापिका संसदको ल्होत्से हलमा उम्मेद्वारी दर्ता हुने संसद सचिवालयले जनाएको छ । उम्मेद्वारी दर्ता पछि भोलि बिहान ११ बजे व्यवस्थापिका–संसद्मा निर्वाचन गर्ने कार्यतालिका रहेको छ । सभामुख ओनसरी घर्तीले शुक्रबार राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोकेकी हुन् । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको सत्ता साझेदारीबमोजिम यही जेठ १० गते राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिमा नयाँ सरकार गठन गर्न दिएको एक साताको समयमा सहमति नभएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको हो । सभामुखको आदेशबमोजिम व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकामा अाज बिहान ११ बजेदेखि ४ बजेसम्म व्यवस्थापिका–संसद्का कुनै सदस्यले आफूलाई ‘नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्’ भनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारी सूचना दर्ता गरिने र सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारीको सूचना प्रकाशन गरिने उल्लेख छ । उम्मेदवारको सूचना प्रस्तुत गर्दा समर्थक र प्रस्तावकसहित गर्नुपर्नेछ । व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम (२) बमोजिम सभामुखले प्रधानमन्त्रीको निर्वाचनको मिति तोकेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका लागि कांग्रेस माअोवादी संयुक्त गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेद्वारी दर्ता गर्दैछन् । वर्तमान सत्ता गठबन्धनबाटै उम्मेद्वारी दिन लागेका देउवालार्इ सहजै बहुमत जुट्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दल एमाले सहतका विपक्षी दलले पनि उपाध्यक्ष बामदेव गाैतमलार्इ प्रधानमन्त्रीको उम्मेद्वार बनाउने तयारी गरेको छ। हार्ने निश्चित हुँदाहुँदै पनि एमालेले गाैतमलार्इ उम्मेद्वार खडा गरेको छ ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy