Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

आयुर्वेदका चिकित्सक डा. देव बहादुर रोका सम्मानित

\"\"काठमाडौं, ९ असार । नेपाली आयुर्वेद जगतका प्रसिद्ध चिकित्सक प्रा.डा.देव बहादुर रोका आज त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीद्वारा काठमाडौंमा सम्मानित भएका छन् । आफ्नो ज्ञान र सीपको मार्फतबाट विगत ५० बर्ष देखि आयुर्वेद जगतको विकास र विस्तारमा सक्रिय रहेका रोका आज कीर्तिपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्मानित भएका हुन् । त्रि.वि.चिकित्सा अध्ययन संस्थान अन्तर्गतको आंगिक क्याम्पस र आयुर्वेदको केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख डा. रोका नेपालमा काय चिकित्साका बरिष्ठ डाक्टर हुन् । वि.स.२०१६ सालमा स्याङजा जिल्लामा जन्मिएका उनी बनारस हिन्दु विश्वविद्यालयबाट स्नाकोत्तर एम्.डी. गरी आयुर्वेदको शिक्षा र सेवामा प्रवेश गरेका हुन् । डा. रोका विगत ८ बर्ष देखि आयुर्वेद क्याम्पस प्रमुखका रुपमा कार्यरत उनी हाल उनी त्रि. वि. आयुर्वेद शिक्षण अस्पतालका निमित्त निर्देशक समेत रहेका छन् । आयुर्वेद क्रिएट्भि क्लबको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बरिष्ठ बालरोग विशेषज्ञ तथा नेपाल संस्कृत विश्विद्यालयका पूर्व सहायक डिन डा. शिवमंगल प्रसाद, आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अनिल शर्माले मन्तव्य रखेका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठी लगायत अन्य सबै अतिथीहरुले नपाली आयुर्वेदको उत्थानका लागि गतिशिल र क्षमतावान् प्राध्यापकहरुलाई आयुर्वेद क्याम्पसको नेतृत्वमा ल्याउनु समयको माग भएको धारणा व्यक्त गरे । सम्मानपछी डा. रोकाले विगत ८ वर्षमा आफूले वेहोरेको सारा तनाव र दवाव बिर्सेको बताए । साथै आयुर्वेद जगत्को विकासमा थप उर्जाका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अतिधि डा. शिवमंगल प्रसादले आयुर्वेद क्याम्पसलाई भ्रष्ट र विकृत नेतृत्व होइन, आयुर्वेदलाई माया गर्ने समयको विकाससँगै आयुर्वेदलाई पनि विकास गराउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए । उनले क्याम्पसको सन्तुलित विकासको केही विशेष योजना समेत कार्यक्रममा प्रस्तुत गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending