Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

६ वर्षमा २३ पटक पेट्रोलियममा अवरोध

[caption id=\"attachment_49193\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल तस्बिर[/caption] काठमाडौं, १९ असार । सर्वसाधारणका लागि अत्यावश्यक पदार्थ पेट्रोलियममा नै सबैभन्दा बढी अवरोध हुँदै आएको छ । ६ वर्षमा २३ पटक अवरोध झेलेका जनतालाई दुःख दिने गरी मंगलबारबाट आन्दोलन गर्ने धम्की पम्प व्यवसायीहरूले दिएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– निगम व्यवस्थापन, कर्मचारी र व्यवसायीका कारण उपभोक्ताले इन्धन किन्न पटकपटक दुःख बेहोर्नुपरेको छ । निगमले ल्याएको पेट्रोलियम जनतामा पुर्‍याउन प्रतिबद्धता व्यक्त गरेका डिलरले नै ६ वर्षयता १३ पटक वितरणमा अवरोध गरेका छन् । यसमध्ये पेट्रोल पम्प सञ्चालकले ६ पटक र ग्यास डिलर तथा उद्यमीले ७ पटक हडताल गरेका छन् । तर, व्यवसायी मात्र होइन, आयल निगमको व्यवस्थापकीय कमजोरीले ८ पटक जनताले झमेला बेहोर्नुपरेको छ । उपभोक्तालाई नगदमा पेट्रोलियम बेच्ने निगमले आफूले तिर्नुपर्ने निकाय भारतीय आयल निगमलाई उधारो नबुझाउँदा आपूर्ति पटक–पटक असहज हुँदै आएको छ । त्यस्तै, ३ असोज ०७२ मा नेपालमा संविधान जारी भएपछि असन्तुष्ट भारतले नाकाबन्दी गर्दा नेपाली जनताले ५ महिनासम्म सास्ती पाएका थिए । नेपाललाई पेट्रोलियम निर्यात गर्ने भारत, आयात गर्ने आयल निगम र वितरण गर्ने डिलरहरू जसका कारणले होस्, मार भने सर्वसाधारण उपभोक्तालाई नै पर्दै आएको छ । तर, यसको दीर्घकालीन समाधान खोज्न सरकारले आयल निगमको व्यवस्थापन सुधार गर्नुपर्ने र हड्ताल गर्नेलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्ने सकरोकारवालाहरूको भनाइ छ । १३ पटक व्यवसायीको हडताल, आठपटक आयल निगमबाटै अवरोध आयल निगमबाटै अवरोध वैशाख पहिलो साता, ०६९ आयल निगमले बक्यौता तिर्न नसक्दा आइओसीले ३५% कम तेल पठायो । उपभोक्ताले धेरै दुःख पाए पनि करिब महिना दिनसम्म समस्या समाधान भएन । वैशाख अन्तिम साता, ०६९ यसै पनि आइओसीले कम पेट्रोलियम दिइरहेको थियो, तराई आन्दोलन चर्किएपछि इन्धन वितरणमा झन् समस्या भयो । उपभोक्तालाई धेरै सास्ती दिएपछि मात्र समस्या तत्कालका लागि समाधान भयो । माघ पहिलो साता, ०६९ ४ माघमा आयल निगमले इन्धनको मूल्य अत्यधिक बढायो । पेट्रोलमा १० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान ९ रुपैयाँ वृद्धि गरिएपछि विद्यार्थी संगठनले आन्दोलन गरे । दबाबपछि १२ माघमा निगमले पेट्रोलमा ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान ४ रुपैयाँ घटायो । असोज दोस्रो साता, ०७० कानुनविपरीत कर्मचारीलाई बोनस बाँडेको पाएपछि असोज पहिलो साता अख्तियारले निगम व्यवस्थापकलाई पक्राउ गर्‍यो । ९ असोज ०७० मा आयल निगमका कर्मचारीले देशभर इन्धन वितरण ठप्प पार्ने निर्णय गरे । अख्तियारको कारबाहीले १ करोड १५ लाख रुपैयाँ बोनस फिर्ता भयो तर जनताले अनाहकमा दुःख पाए । ०७१ पुस ०७१ पुसमा आयल निगमले न्यून मौज्दात राख्दा उपत्यकासहित बागमती अञ्चल, जनकपुर, धौलागिरी, नारायणी, गण्डकी र राप्ती क्षेत्रमा पेट्रोलियम अभाव भयो । त्यतिवेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ५८ डलरको न्यूनतम बिन्दुमा झरेको थियो । १३ पुसमा व्यवसायीले विज्ञप्ति निकालेर भत्सर्ना गरे । २३ कात्तिक ०७२ २३ कात्तिक ०७२ मा निगमले विराट पेट्रोलियमलाई तेल आयातको ठेक्का दिन नपाएको झोकमा आफूसँग तेल नभएको झुटा प्रचार गर्‍यो । र, तेल दिन नसकिने गैरजिम्मेवारीपन देखायो । १५ जेठ ०७३ १५ जेठ ०७३ मा आर्थिक वर्ष ०७३-७४ को बजेट भाषण हुँदा पेट्रोल र डिजेलमा ५ रुपैयाँ प्रतिलिटर पूर्वाधार कर लगाउने घोषणा भयो । कर लागेपछि मूल्य बढ्ने आशंकामा उपभोक्ताको पम्पमा लाइन बढ्यो । ३–४ दिनमा मात्रै लाइन घट्यो । त्यतिखेर खासगरी पेट्रोलको माग दोब्बर भएको थियो । ०७३ फागुन अन्तिम साता ०७३ फागुन अन्तिम साता नारी दिवसको विदा तथा मधेस आन्दोलनको हल्लाले तेल अभाव भयो । एक साता उपत्यकाका उपभोक्ताले सास्ती पाए । व्यवसायीको हडताल २० फागुन, ०६९ १. कमिसन बढाउन माग गर्दै पेट्रोलियम व्यवसायीले देशभरका पम्प बन्द गर्ने निर्णय गरे । व्यवसायीको दबाबपछि सरकारले पेट्रोलमा २.८७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २.५२ रुपैयाँ प्रतिलिटर कमिसन दर तोकिदियो । २. पम्प व्यवसायीको माग पूरा भएलगत्तै ट्यांकरचालकको आन्दोलन सुरु भयो । आपूmहरूलाई असुरक्षा हुने भन्दै ३० फागुनदेखि ट्यांकरचालकले रातको समयमा ढुवानी बन्द गरे । साँझ पर्नासाथ चालकहरू सुत्न थालेपछि पेट्रोलियम आपूर्ति ठप्पजस्तै भयो । निगमले बिमा र ज्यानको सुरक्षा गरिदिने भएपछि ढुवानी सुचारु भयो । ३. २० असारदेखि महिनाको अन्तिमसम्मै उपभोक्ता घन्टौँ लाइन लागेर मात्रै तेल थाप्न बाध्य भए । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो आउँदा आयातमा ढिलाइ भएको, गर्मीमा तेल धेरै नोक्सानी भएकाले पम्पले नोक्सानीबापत पाउने सुविधा बढाउन माग गरेको र पम्प सञ्चालकले एक दिनमा मात्रै वितरण गर्ने इन्धन माग गरेका कारण अभाव भयो । ४. ०७३ साउनदेखी पेट्रोलियम मजदुरले न्यूनतम तलब नपाएको भन्दै उपत्यकाका पम्पबाट बितरण ठप्प पारे । उनीहरूको आन्दोलनले ७५ प्रतिशत पम्प ठप्प भए । आन्दोलनले एक साता आपूर्तीमा प्रभाव प¥यो । ५. तेल ढुवानीका क्रममा तोकिएको चुहावट लक्ष्य भन्दा बढी नोक्सान भए चालकबाट दोब्बर क्षतिपूर्ती भराउने नियम आयल निगमको संचालक समितिले ०७४ माघ अन्तिम साता पारित गरेको थियो । सो नियम स्वीकार नभएको भन्दै ट्यांकर चालकले १० फागुनबाट ढुवानी ठप्प पारे । जसको असर एक हप्तासम्म आपूर्ती बितरणमा असहज भयो । ६. १० असार ०७४ मा बाग्मती अञ्चलमा पम्प संचालन गर्ने करिब दुई सय व्यावसायी भेला भएर आयल निगमबाट तोकिएको परिमाणअनसार तेल पाउनुपर्ने माग पुरा नभए २० असारबाट पेट्रोल बितरण र २४ असारबाट डिजेल बितरण ठप्प पार्ने घोषणा गरेका छन् । जसको असर स्वरुप पम्पमा उपभोक्ताको लाइन देखिन थालेको छ । ग्यास १. ०६९ को दशैंअघि व्यावसायीले कमसिन वृद्धिको माग गर्दै हड्तालका कार्यक्रम गरे । जसकारण दशैं, तिहारमा अभाव महसुस गरियो । धेरै उपभोक्ता अनावश्यक संचिती गर्न बाध्य भए । २. २६ पुष ०६९ मा ग्यास उद्योग संघले निलो र रातो सिलिण्डर प्रयोगमा ल्याउने सरकारी निर्णयको विरोध गर्दै आयल निगमलाई पत्र काट्यो । दुई थरी सिलिण्डरको विरोध गर्ने साइबाबा, श्रीकृष्ट र कोशी ग्यासको खरिद अनुमति आदेश रोक्का गरेको तुरुन्त सुचारु गर्न दबाब दियो । उसको विरोधले बजारमा ग्यासको अभाव हुने हल्ला फैलियो । ३. चार माघ ०६९ मा निगमले ग्यासमा हालसम्मै सबैभन्दा बढी प्रतिसिलिण्डर १ सय ७५ रुपैयाँ मूल्य बृद्धि ग¥यो । त्यसको बिपक्षमा विद्यार्थी संगठनले निरन्तर प्रदर्शन गरेपछि १२ माघमा वृद्धि भएको मूल्य मध्येबा ८५ रुपैयाँ घट्यो । यो घटना पछि उद्योगी र बिक्रेताले ग्यासको कृत्रिम अभाव सृजना गरे । र, २ महिनासम्म अभाव लम्बियो । ४. ०७० असारमा ग्यास बिक्रेताले प्रतिसिलिण्डर पाइरेको २८ रुपैयाँबाट ३२ रुपैयाँ कमिसन वृद्धि गर्नुपर्ने माग पुरा गराउन हड्तालको घोषणा गरे । त्यसपछि सरकारले ११ असारमा कमिसन बढायो । ५. सात साउन ०७० मा उद्योगी र बिक्रेताले एकसाथ हड्ताल घोषणा गरे । बिक्रेताले बढाएको कमिसन नपुगेर हड्ताल गरे । त्यसक्रममा उनीहरूले ग्यास उद्योगमा ताला लगाउने र ग्यास बोकेका ट्रक तोडफोड गर्ने गरेका थिए । उद्योगीले ग्यास प्लान्टको सुरक्षा नभएकाले तीन दिन भित्र सुरक्षा योजना पेश गर्ने समय दिदैं ७ साउनबाट प्लान्ट बन्द गरी सिलिण्डरमा ग्यास नभर्ने निर्णय गरे । ६. ०७० को दशै अगाडी उद्योगीले फेरी कमिसन वृद्धिको माग राखेर आपूर्ती ठप्प पार्ने कार्यक्रम घोषणा गरे । यसपटक भने सरकारले कमिसन बृद्धि गरिदियो । ७. कात्तिक ०७० मा आइओसीको मथुरा रिफाइनरी सफाईका लागि बन्द गरियो । जसले गर्दा सो क्षेत्रबाट सुदुरपश्चिम क्षेत्रमा आउने ग्यास रोकियो । एक महिना अभाव भयो । सो क्षेत्रमा राप्ती, भेरी, रेडियन्ट र भेरी ग्यास छन् । ८. ०७१ दशैंअघिबाट उद्योगीले ग्यासको कोटा बढाउन माग गरे । निगमले आवश्यक नभएको भन्दै कोटा नबढाउँदा मंसिर, पुषमा अभाव भयो । त्यहीं बेला धेरै ग्यास दिने बरौनी रिफाइनरी सफाइका लािग भन्दै नेपालमा ग्यास दिएन । यसले अभाव भयो । ९. ०७३ को ७ जेठमा ललितपुरको पाटनमा एचपी ग्यासको सिलिण्डर बिस्फोट भएर ३ जनाको ज्यान गयो । उद्योगको लापरबाहीले सर्वसाधारणको ज्यान गएको भन्दै आयल निगमले एचपीलाई भारतबाट ग्यास आयातमा रोक लगायो । तर, सबै उद्योगीले यो निर्णयका विरुद्ध भारतबाट कुनै पनि उद्योगले ग्यास नल्याउने निर्णय गरी हड्ताल गरे । भारतीय नाकाबन्दी ३ असोज ०७२ मा नेपालको संविधानसभाले संविधान जारी गरेपछि असन्तुष्ट भारतले नाकाबन्दी लगाउँदा माघसम्मै नेपाली जनताले दुःख पाए । तेल बोकेका ट्यांकर सीमापार नै रहे, यता यातायातका साधन पेट्रोलपम्पमा लाइन लागे । रातदिन लाइन बस्दा पनि पेट्रोलियम नपाएपछि सर्वसाधारण हिँडेरै गन्तव्यसम्म पुग्न बाध्य भए । पेट्रोल मात्र होइन, खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्ता भोकै हिँड्नुपर्ने स्थिति भयो । माघमा नाकाबन्दी खुले पनि चैतमा फेरि नाकाबन्दीको हल्ला भयो र उपत्यकामा तेल हाहाकार भयो । त्यस्तै, गत फागुनमा सप्तरीमा गोली चलेपछि फेरि नाकाबन्दी हुने हल्ला चल्दा पेट्रोलको अभाव भयो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy