Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

मन्त्रालय भागबण्डा मिलाउने अन्तिम कसरत

\"\"काठमाडौं, २२ असार । सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरुले लिने गरी भागबण्डा मिलाउने अन्तिम कसरत गरेका छन् । यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस–माओवादी नेताबीच बुधबार सरकारमा कति राजनीतिक दललाई ल्याउने र मन्त्रालय भागबण्डा कसरी टुंग्याउने भन्नेमा छलफल भएको थियो । आजको कान्तिपुरमा खबर छ– स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ । फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ । कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन् । ‘सिंगो राप्रपाको समर्थन भए एमालेबाहेक दुई तिहाई समर्थन पुग्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर राप्रपाको भरोसा गरीहाल्ने स्थिती अझै बनीसकेको छैन ।’ गत बैशाख १७ गते संविधान संशोधन विधेयकमाथि मतदान गर्ने सरकारको तयारी भईरहेका बेला राप्रपाका दश सांसद अनुपस्थित हुने जानकारी दिएपछि रोकिएको थियो । छलफलमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबाटै राप्रपा संविधान संशोधनमा एकजुट नहुने अबस्थामा सरकारमा ल्याउनुको औचित्व नहुने बताउँदै आएका छन् । तर, सत्ता घटक कांग्रेस र माओवादीले उपप्रधानमन्त्री विनाका ४ मन्त्रालय छुट्टाईएको जानकारी दिएका छन् । मन्त्रालय भागबण्डा टुंग्याउन कांग्रेस नेता विमलेन्द्र निधि, अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णवहादुर महरा र नेता बर्षमान पुनबीच विभिन्न मोडलमा छलफल भएका थिए । संघीय समाजवादी फोरम सरकारमा आउँदा वा नआउँदाको अवस्थामा कसरी मन्त्रालयको भागबण्डा गर्ने भन्नेबारे पनि छलफल भएको स्रोतले बतायो । दुई तिहाईको समर्थन पुग्ने अवस्था विद्यमान हुँदा र नहुँदा कसरी मिलाउने भन्नेबारे अर्को विकल्पमा पनि छलफल भएको थियो । कांग्रेस नेता निधिले भने दुई तिहाईको समर्थन जुटाउने गरीनै मन्त्रिपरिष विस्तार हुने संकेत गरे । ‘सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाटै दुई तिहाई समर्थन जुटाउने तयारी पनि भईरहेको छ’ उनले भने,‘सवै कुरा टुंगी सकेको छैन ।’ कांग्रेस र माओवादीबीच मोटामोटी २० मन्त्रालय लिने सहमति भएको छ । जसमा कांग्रेसले १२ र माओवादीले ८ मन्त्रालय लिने भएका छन् । तर, माओवादीले न्यूनतम ९ मन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने अडान कायमै राखेको छ । विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई ३, नेकपा सयुक्तलाई १ र अन्य साना दलका लागि २ मन्त्रालय छुट्टाईएको छ । संघीय समाजवादी फोरम सरकारमा आएमा उसलाई समेत तीन मन्त्रालय दिने कांग्रेस र माओवादीको तयारी छ । त्यस्तो बेला कांग्रेस र माओवादीले लिएका मन्त्रालय कटौति हुनेछन । संघीय समाजवादी फोरम सरकारमा आएमा लोकतान्त्रिकलाई समेत दुईटा मन्त्रालय दिने तयारी सरकारको छ । कांग्रेस नेता निधिले फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवलाई बुधबार कांग्रेस संसदीय दलमा बोलाएरै यस्तो जानकारी गराएका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy