Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : महिलालाई अन्याय हुन दिन्न

\"\"बझाङ, १० साउन । जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित भएकी छिन् । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताइन् । महिलाले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजमा विसं २०५९ मा हलो जोत्दा उनले विभिन्नखालका अफवाह र लाञ्छनाहरु खेप्नु प¥यो । तर पनि उनी विचलित भइनन् । लगातार पाँच वर्षसम्म आफै हलो जोतेर आफ्नो खेती आफैँ लगाइन् । “सबैका पुरुष सधैँ घरमा हुँदैनन्”, उनले भनिन्, “पुरुष घरमा नभएका महिलाले आफन्तलाई हारगुहार गरेर हलो जोति माग्नुपथ्र्यो, हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाले विभिन्नखालका यौन जन्य हिंसा र थिचोमिचो सहनु परेको देखेँ, अन्यायको जरा हलोमा अड्किएको देखेर हलो जोत्ने साहस गरेकी हुँ ।” शुरुमा महिलाले हलो जोत्दा खडेरी पर्छ अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि पछि त्यस्तो केही नभएको देखेर यहाँका धेरै महिलाले आफैँ हलो जोत्ने साहस गरेको उनले बताइन् । विसं २०२० मा भारतको कर्नाटकामा जन्मिएकी गंगु साविक पाराकाट्ने गाविसका दिलबहादुर खडायतसँग विवाह गरेर २०४१ सालतिर बझाङ आएकी हुन् । सूचना प्रविधिको शहरका रुपमा परिचित भारतको बेङ्लोर सहरमा हुर्किएकी गंगुले बझाङ जस्तो अन्धविश्वासको पराकाष्ठा रहेको ठाउँमा आएर स्थापित हुन थुप्रै संघर्ष गरिन् । बझाङ आएको केही वर्षमै उनका श्रीमानले छोडेर हिँडे । एकल जस्तै बनेर एक सन्तानलाई हुर्काउने क्रममा उनले भोगेको कष्टले समाज बुझ्न सघायो । “महिलालाई यतिसम्म तल्लोस्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइनँ”, उनले विगत सम्झिँदै भनिन्, “आफूले नै परिवार समाजबाट भोग्नुसम्म पीडा भोगेँ, अनि विद्रोह नै गर्नुपर्छ भन्ने सोच पलायो ।” २०४९ सालको स्थानीय निर्वाचनमा निर्विरोध वडा सदस्य भएपछि राजनीति शुरु गरेकी उनले त्यसबेलासम्म औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढेकी थिइन् । विसं २०६७ मा ४७ वर्षको उमेरमा उनले एसएलसी पास गरिन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भइसकेपछि उनले गाउँपालिकाको समग्र विकाससँगै महिलाप्रति हेर्ने दृष्टिकोणलाई न्यायपूर्ण बनाउन आफू रातदिन लाग्ने दृढता व्यक्त गरिन् । उनी भन्छिन्, “नियमले उपाध्यक्षलाई न्यायिक समितिको जिम्मा दिएको छ, हाम्रो समाजमा थुप्रै अन्याय र शोषण कायमै छन्, यसबाट महिला र बालबालिका बढी पीडित छन्, त्यसैले उनीहरुलाई सुविधा हुने काम गर्छु ।” मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताउँदै उपाध्यक्ष गंगुले भनिन् “आफू कमाइ नगर्ने भएका कारण महिला बढी समस्यामा छन्, विभिन्नखालका सीप सिकाएर महिलालाई गरिखाने बनाउनका लागि पहल गर्नेछु ।” खानेपानीको सुविधा सबै गाउँमा पु¥याउने, घाँसको वृक्षरोपण गर्नेदेखि लिएर विपन्न वादी महिलालाई आत्मनिर्भर बनाउनेसम्मका योजना सुनाउने उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने भएकाले थलाराका बासिन्दाले आफूलाई चुनेको बताइन् । उनले भनिन् “हेर्दै जानुस्, थलारामा तपार्इंले अन्त कतै नभएको काम भयो भनेर समाचार लेख्ने दिन छिट्टै आउँदैछ, अन्तका मान्छेले हामीबाट सिक्ने गरी काम गर्छु ।” महिलाका पीडा मार्नका लागि आफू रातदिन नभनी खटेका कारण थलाराका बासिन्दाले आफूलाई पनि कुनै पार्टी नभनेर गंगुदेवी खडायतको नाममा मत दिएको उनको दाबी छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy